आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

कावासोती ९ मा किशोरी अधिकार संरक्षणका लागि छलफल

    प्रकाशित २०७९ फागुन १, सोमबार (१ साल अघि)


नवलपुर । कावासोती नगरपालिका वडा नम्बर ९ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडास्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा आइतबार कावासोती ९ का सरोकारवालाहरुसँग वडास्तरीय छलफल गरिएको हो।

जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम, कार्यक्रमको उदेश्य, कार्यक्रमको विषयवस्तुहरु र अहिले भइरहेका गतिविधिहरुको बारेमा जानकारी दिइन् ।


कार्यक्रममा महिला बालबालिका सेलका प्रमुख बिन्दु बिकले समग्र नवलपुर जिल्ला र नगरपालिकाभित्र महिला बालबालिका माथि हुने हिंसा दुर्व्यवहारको अवस्था र त्यस्ता समस्या डिल गर्न, समाधानका लागि गरिएका प्रयासहरु र व्यवहारिक चुनौतीहरुको बारेमा सहजीकरण गरेकी थिइन् । बालबालिका ,महिला र किशोरीका हिंसा सम्बन्धि जिल्लामा रहेको तथ्यांकको बारेमा छलफल गर्दै हिंसा न्यूनीकरणका लागि सरोकारवालाको भुमिका बिषयमा समेत सहजीकरण गरेकि थिइन् ।

सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणि भट्टराईले हिंसाविरुद्ध आवाज उठाउन अनुरोध गरिन् । हिंसा तथा जोखिममा परेकाहरुलाई लागि सामुदायिक सेवा केन्द्र नवलपुर सदैव सहयोगका लागि तत्पर रहेको उनले बताइन् । समुदायमा धेरै किसिमका हिंसा दुर्व्यवहार बढ्दै गएकोले नागरिक संघसंस्था जनचेतनामुलक कार्यक्रम गर्न कावासोती ९ का अध्यक्ष रिभरकुमार श्रेष्ठले अनुरोध गरेका थिए ।बालिका तथा किशोरी माथि हुने हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संघसंस्था हातेमालो गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउँदै वडा कार्यालयले आवश्यक सहयोगका लागि सदैव तयार रहेको बताए ।

कावासोती ९ का अध्यक्ष रिभरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुनिता महत्तो,जगदीश खतिवडा,डम्मरबहादुर महत्तो , सामुदायिक सेवा केन्द्र नवलपुरकी अध्यक्ष नारायणी भट्टराई , सामुदायिक सेवा केन्द्र नवलपुरका पुर्व सचिव तथा सञ्चारकर्मी भुपेन्द्र भट्टराई , सामुदायिक प्रहरी सेवा केन्द्र महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिक र अन्य सामुदायिक प्रहरी प्रतिनिधि , टोल विकास संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु , आमा समुह प्रतिनिधि ,नारी विकास मञ्च प्रतिनिधि , ज्येष्ठ नागरिक , विद्यालय/ शिक्षक प्रतिनिधि , अभिभावकहरु,बजार विकास संस्था प्रतिनिधि , सामुदायिक वन लगायतका प्रतिनिधिहरु गरि ३७ जनाको उपस्थिति रहेको थियो ।

Write your Comment