आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अनेरास्ववियुको केन्द्रिय सचिवमा नवलपुरका विद्यार्थी नेता न्यौपानेको उम्मेदवारी घोषणा

    प्रकाशित २०७९ माघ २९, आईतबार (१ साल अघि)


नवलपुर। विद्यार्थी नेता सागर न्यौपानेले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज समेत रहेका न्यौपानेले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


पृथक र परिष्कृत विद्यार्थी आन्दोलनको नेतृत्व गर्न,समयमै स्ववियु निर्वाचनको लागि पहल गर्न,प्रविधिमैत्री अनेरास्ववियु निर्माण गर्न, विद्यार्थी आन्दोलन भित्रको अराजकता अन्त्य गर्नका लागि केन्द्रिय सचिव पदमा आफ्नो आवश्यकता रहेको उनले बताए ।

२०६४ सालमा अनेरास्ववियु नवलपरासीको १९ औं जिल्ला अधिवेशनमा जिल्ला प्रतिनिधि भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका न्यौपाने २० औं जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा चयन भएका थिए । २०७२ सालमा भएको २१ औं जिल्ला अधिवेशनमा १० मतले अध्यक्षमा पराजित न्यौपाने सक्रियता साथ विद्यार्थी तथा नेकपा एमालेको राजनीतिक आन्दोलनमा निरन्तर सहभागी भए। नेकपा एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपा बनेपछी अनेरास्ववियुको केन्द्रिय लेखा आयोग सदस्य बनेका न्यौपाने नेकपा विभाजनपछि एमाले निकट अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज भएका थिए।


अनेरास्ववियु भित्र विद्रोही स्वभावका न्यौपाने देशभर विद्यार्थी माझ राम्रो सम्पर्क र परिचय भएका विद्यार्थी नेता हुन् । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल निकट रहेका न्यौपाने अधिकांश विद्यार्थीहरुले आफुलाई सचिवमा निर्वाचित गराउनेमा ढुक्क छन् ।

Write your Comment