आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विनयी त्रिवेणी र मध्यविन्दुमा राष्ट्रिय भुतपुर्व सैनिक संघको इकाइ कमिटी गठन

    प्रकाशित २०७९ माघ २९, आईतबार (१ साल अघि)


नवलपुर । विनयी त्रिवेणी र मध्यविन्दुमा राष्ट्रिय भुतपुर्व सैनिक संघको इकाइ कमिटी गठन गरिएको छ। नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ नवलपुरले शनिबार विनयी त्रिवेणी गाउँपालिका स्तरीय इकाइ कमिटी गठन गरेको हो । विनयी त्रिवेणी गाउँपालिकामा भएको भेलाले माधव जीसीको नेतृत्वमा ९ सदस्यीय इकाइ कमिटी गठन गरिएको हो।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ नवलपुरका उपाध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भुतपुर्व सैनिक संघ नवलपुरका अध्यक्ष मेजर देविप्रसाद भुसाल प्रमुख अतिथि रहेको थियो। सो कार्यक्रममा विभिन्न पालिका इकाई कमिटीका अध्यक्ष तथा भुतपुर्व सैनिकहरुको उपस्थिति रहेको थियोे ।

नयाँ इकाइ समितिलाई बधाई दिदै कार्यक्रममा मेजर भुसालले अवकाश जीवनमा आजसम्म सिकेको सीप, कला, ज्ञानलाई गाउँघरमा आईपर्ने विपद (बाढी पहिरो, आगजनी,दुर्घटना आदि) मा स्थानिय सरकारलाई सहयोग गर्न साथै भाविपिंढीलाई नैतिकवान ,जिम्मेवार नागरिक बन्ने प्रेरणा दिदै देश विकाशमा सहयोग गर्न मेजर भुसालले आग्रह गरेका थिए।पहिलो चरणमा भुतपुर्व सैनिकहरुको अभिलेख कार्य द्रुतगतिमा अघि बढिरहेको बताउँदै भुसालले आगामी दिनमा पालिका स्तरीय स्वरोजगारमुलक तालिम प्रदान गरि लघु तथा कृषि व्यवसायमा आत्मनिर्भर गराउने उद्देश्यले काम गरिरहेको उनको भनाइ छ। अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?” भन्ने आदर्श नारालाई मनन गरि आफ्नो सीप,जोश,जाँगर र दक्षता प्रदर्शन गर्न सबैको उत्तिकै भुमिका रहने जनाउँदै सबै भुतपुर्व सैनिकहरु संस्थाप्रति ऐक्यबद्ध भई लाग्न समेत उनले आग्रह गरेका थिए।

त्यस्तै माघ २१ गते शनिबार मध्यविन्दु ४ चोरमाराको भुतपुर्व सैनिक संघ सभा हलमा मध्यविन्दु नगरपालिका स्तरीय इकाइ कमिटी गठन गरिएको छ । सो भेलाले सिताराम थनेतको नेतृत्वमा १७ सदस्यीय इकाइ कमिटी गठन गरिएको नेपाल भुतपुर्व सैनिक संघ नवलपुरका सदस्य मेजर नारायणबहादुर खडकाले जानकारी दिए।

 

Write your Comment