आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: देवचुली १७ हरियोलाई उपाधि

    प्रकाशित २०७९ माघ २८, शनिबार (१ साल अघि)


देवचुली। तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७९ को उपाधि देवचुली १७ हरियोले जितेको छ । देवचुली नगर खेलकुद विकास समिति आयोजना तथा श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह आयोजनामा देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा संचालित प्रतियोगितामा देवचुली ११ विरुद्ध देवचुली १७ हरियोबिच भएको फाइनल खेलमा देवचुली १७ हरियोले २-१ गोलले विजयी भएको हो।

प्रतियोगिताको बिजेता देवचुली १७ हरियोले नगद रु ८१ हजार १ सय ११ सहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उप बिजेता देवचुली ११ ले नगद रु ४१ हजार १ सय ११ सहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । आजको फाइनल खेलमा देवचुली १७ हरियोका तर्फबाट सन्नी तामाङ र सामिल मगरले गोल गरेका थिए भने देवचुली ११ बाट रमेश गुरुङले गोल गरेका थिए। आज भएको खेलमा देवचुली १७ हरियोका सन्नी तामाङ म्यान अफ दि म्याच घोषित भएका छन् । माघ १७ गतेबाट संचालित प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा देवचुली १७ हरियोका सन्नी तामाङ र सामिल मगर सर्वाधिक गोलकर्ता,देवचुली ११ का सुमल आले मगर सर्वोकृष्ट खेलाडी र देवचुली १७ हरियोका रुविन मगर उत्कृष्ट गोलरक्षक भएका थिए। चारै जनाले मेडल र ट्रफी प्राप्त गरेका थिए । त्यस्तै देवचुली १० ले फियर प्ले अवार्ड जितेको छ।

प्रतियोगिताको बिजेता उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले पुरस्कार वितरण गर्नुभएको थियो। देवचुली नगर खेलकुद विकास समितिका अध्यक्ष सुभाष ओझाको अध्यक्षता भएको प्रतियोगिता समापन समारोहमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी ,नगर प्रवक्ता तिलप्रसाद काफ्ले,वडा अध्यक्षहरु,कार्यपालिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

Write your Comment