आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली मुस्लिम महिला समुहको अध्यक्षमा नसिरन बानू चयन

    प्रकाशित २०७९ माघ १४, शनिबार (१ साल अघि)


देवचुली।देवचुली मुस्लिम महिला समुहको अध्यक्षमा नसिरन बानू चयन भएकी छन्। देवचुली नगरपालिका स्तरीय मुस्लिम महिलाहरुको साझा संस्था देवचुली मुस्लिम महिला समुहको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा नगर अधिवेशनबाट बानूको अध्यक्षतामा १३ सदस्यीय समुह गठन भएको हो ।


देवचुली मुस्लिम महिला समुहका अध्यक्ष नसिरन बानूको अध्यक्षतामा भएको अधिवेशनमा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै वडा सदस्य , टोल विकास समिति पदाधिकारी लगायत मुस्लिम महिलाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले नेपालको संविधानले नै नेपाल धर्म निरपेक्ष राष्ट्रको व्यवस्था गरेको हुदाँ सम्पुर्ण जाति , धर्म , समुदाय नेपालको कानुन अनुसार बराबर रहेको र सबै धर्महरुको सम्मान र समान छन भन्ने कुरा पुष्टि गरेको बताए । समग्र मुस्लिम समुदायको विकासका लागि तिन तहको सरकार नै लाग्नुपर्ने उनले बताए । मुस्लिम महिलाहरु समुह गठन गरेर अघि बढेकोमा उनले खुशी व्यक्त गर्दै समुहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।


दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन भएकी बानूले आगामी दिनहरुमा समग्र महिलाहरुको सर्वाङ्गिण विकासका लागि लाग्ने र मुस्लिम महिलाहरुलाई थप उचाइमा लैजान आफ्नो नेतृत्वले सदैव काम गर्ने बताइन् ।

Write your Comment