आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुर किशोरी सञ्जालको अध्यक्षमा देवचुलीकी विद्या ढुंगाना चयन

    प्रकाशित २०७९ माघ १४, शनिबार (१ साल अघि)


नवलपुर।नवलपुरको कावासोतीमा नवलपुर किशोरी सञ्जाल गठन भएको छ । आज शनिवार कावासोतीमा भएको किशोरी अधिकार संरक्षणका लागि किशारीको भूमिका विषयक अन्तरक्रियाका साथै जिल्ला सञ्जाल गठन भएको हो ।


भेलाले देवचुलीकी विद्या ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा कावासोतीकी सविना पाण्डे, सचिवमा मध्यविन्दुका अन्जना बोहोरा, सहसचिवमा कावासोतीका ज्योति सुनार, कोषाध्यक्षमा देवचुलीका बर्षा लामिछाने पदाधिकारी चयन भएका छन् । यस्तै, सदस्यहरुमा अनुष्का नेपाली, सुवासना थापा, रेजिना घर्ती मगर, निशा र्चौधरी, कृष्णमाया महतो, स्वस्तिका ढकाल, मान्सु न्यौपाने र रितिका पोखरेल चयन भएका छन् ।

अन्तरक्रियात्मक कार्यक्रममा सञ्जालको कार्य, औचित्यमाथि जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले अवधारणा प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख सकुन्तला लम्सालले राज्यले किशोरी शसक्तिकरणका सवालमा थुप्रै नीतिगत कार्यक्रमहरुमार्फत सम्वोधन गरिरहेको अवस्थामा ति अवसरहरुलाई संस्थागत रुपमा रहेका किशोरीसँग सम्वन्धित संघसंस्थाहरुले पहुँच नपुगेका किशोरी तथा विभिन्न समुदाय लक्षित शशक्तिकरणमा लाग्नुपर्ने बताईन् ।


किशोरी अभियान्ता वर्षा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगर कार्यपालिकाका सदस्य, न्यायिक समिति सदस्य, पत्रकार महासंघ नवलपुरका सचिव लगायत अन्य अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण तथा सञ्चालन सवनम सुनार र विद्या ढुंगानाले गरेका थिए । कार्यक्रमको समन्वय किशोरी सशक्तिकरणका क्रियाकलापमा सहयोगी भूमिका निर्वाह गर्दै आईरहेको जागृति बाल तथा सरोकार नेपाल र क्यान्नलानले गरेका थिए ।

Write your Comment