आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडास्तरीय भलिबल प्रतियोगिता : देवचुली ९ सेमिफाइनल र देवचुली ११ फाइनल प्रवेश

    प्रकाशित २०७९ माघ १२, बिहिबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय भलिबल प्रतियोगितामा देवचुली ९ सेमिफाइनल र देवचुली ११ फाइनल प्रवेश गरेको छ। देवचुली नगर खेलकुद विकास समिति र देवचुली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा चौथो देवचुली महोत्सव परिसर वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा खेल संचालन भएको हो ।

प्रतियोगिताको बिहीबारको पहिलो खेलमा देवचुली वडा नम्बर ९ ले देवचुली वडा नम्बर १७ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। सो खेलमा देवचुली वडा नम्बर ९ का रोशन बि.क. म्यानअफ द म्याच घोषित भएका छन्। त्यस्तै सेमिफाइनलको पहिलो खेलमा देवचुली वडा नम्बर ११ ले देवचुली वडा नम्बर १६ (क) लाई हराउँदै फाइनल प्रवेश गरेको हो।सो खेलमा देवचुली वडा नम्बर ११ का सन्तबहादुर ठाडा म्यानअफ द म्याच घोषित भएका छन्।

प्रतियोगितामा देवचुली नगर भित्रका १४ वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद पन्ध्र हजार रुपैयाँ ,दोस्रो हुने टिमले नगद आठ हजार रुपैयाँ र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ पाउने देवचुली नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिए। शुक्रबार दोस्रो सेमिफाइनल खेल देवचुली वडा नम्बर ७ र देवचुली वडा नम्बर ९ बिच हुनेछ भने तृतीय स्थानका लागि देवचुली १६ (क) र दोस्रो सेमिफाइनलको उप बिजेतासँग खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ।

Write your Comment