आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडास्तरीय भलिबल प्रतियोगिता : देवचुली ५ र देवचुली १६(ख) विजयी

    प्रकाशित २०७९ माघ ९, सोमबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय भलिबल प्रतियोगितामा देवचुली ५ र देवचुली १६(ख) विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली नगर खेलकुद विकास समिति र देवचुली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा चौथो देवचुली महोत्सव परिसर वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा खेल संचालन भएको हो ।

प्रतियोगिताको सोमबारको पहिलो खेलमा देवचुली वडा नम्बर ५ ले देवचुली वडा नम्बर १० लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। सो खेलमा देवचुली वडा नम्बर ५ का मसा सोमै म्यानअफ द म्याच घोषणा भएका छन्। त्यस्तै दोस्रो खेलमा देवचुली वडा नम्बर १६ (ख) ले देवचुली वडा नम्बर ६ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।सो खेलमा देवचुली वडा नम्बर १६ (ख)का रोशम सारु मगर म्यानअफ द म्याच घोषणा भएका छन्।

प्रतियोगितामा देवचुली नगर भित्रका १४ वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद पन्ध्र हजार रुपैयाँ ,दोस्रो हुने टिमले नगद आठ हजार रुपैयाँ र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ पाउने देवचुली नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिए। मंगलबारको पहिलो खेल देवचुली वडा नम्बर ४ र देवचुली वडा नम्बर १७ बिच, दोस्रो खेल देवचुली वडा नम्बर ९ र देवचुली वडा नम्बर १४ बिच र तेस्रो खेल देवचुली वडा नम्बर ११ र देवचुली वडा नम्बर १३ बिच हुने आयोजकले जनाएको छ।

Write your Comment