आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्ने पत्रकारलाई पुरस्कार दिइने

    प्रकाशित २०७९ माघ ४, बुधबार (१ साल अघि)


नवलपुर । राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसा विरुद्ध आवाज उठाउन प्रेरित गर्ने पत्रकारलाई यो बर्षपनि सम्मान गर्ने भएको छ ।विगतका बर्ष जस्तै यो बर्षपनि क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसा विरुद्ध आवाज उठाउन प्रेरित गर्न लागिएको राधा क्यान्सर सचेतना फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए । राधा बस्यालको स्मृतिमा स्थापना भएको अक्षयकोषबाट संस्थाले हरेक बर्ष एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।

२० हजार रुपैयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ का लागि संस्थाले आवेदन आह्वान गरेको छ । देशैभरका पत्रकारले यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशन÷प्रशारण गरेका क्यान्सर सचेतना र हिंसाविरुद्धका ३ (,क्यान्सर सम्बन्धी एक ) लेख तथा समाचार फागुन ४ गतेभित्र फाउन्डेशनको इमेलमा पठाउन सकिने जनाइएको छ ।

प्राप्त इमेलबाट छनोट गरी एक जना पत्रकारलाई पुरस्कार दिइने जनाइएको छ । कावासोतीमा आयोजित फाउण्डेशनको कार्यक्रममा अध्यक्ष बस्यालले हरेक वर्ष फागुन ९ अर्थात् स्वर्गिय पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन नवलपुरबाटै ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ वितरण गरिने जानकारी दिए ।

पुरस्कारका लागि हरेक वर्षको माघ ४ गते अर्थात आजकै दिन आवेदन आव्हान गरिने र यो बर्षका लागि आजबाट आवेदन आव्हान गरिएको फाउण्डेशनले जनाएको छ । ‘१० वर्षदेखि सक्रिय पत्रकारितामा रहनुभएकी बस्याल विवाह पश्चात घरेलु हिंसाको शिकार हुनुप¥यो तर पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहनुभयो फाउण्डेशनका अध्यक्ष बस्यालले भने ,‘रोग र हिंसाबाट शिकार हुँदा पनि बस्यालको पत्रकारिताको यात्रा रोक्नुभएन , बरु त्यस कठिन घडीमा पनि महिला हिंसाविरुद्ध र स्तन क्यान्सरबारेको सचेतना जगाउँदै गाउँ गाउँ र बस्तीहरुमा पुग्नुभयो ।’ क्यान्सर रोगबाट पीडित पत्रकार राधाको २०७७ कात्तिक १४ गते निधन भएको थियो ।

Write your Comment