आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

कावासोती खानेपानीको पहिलो निर्णय:निवेदन दिएको २४ घण्टाभित्र उपभोक्ताको घरमा धारा जडान

    प्रकाशित २०७९ पौष २४, आईतबार (१ साल अघि)


कावासोती । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पहिलो बैठकले उपभोक्तालाई धारा माग गरेको २४ घण्टामा धारा जडान गरिदिने लोकप्रिय निर्णय गरेको छ । कावासोती खानेपानीको आज बसेको नयाँ कार्यसमिति र लेखासमितिको  बैठकले उपभोक्ताले धारा माग गरेको निवेदन अनुसार आवश्यक कागजात पुरा भएको २४ घण्टा भित्र सम्बन्धित उपभोक्ताको घरमा धारा जडान गरिदिने निर्णय गरेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताउनुभयो ।

‘हामी उपभोक्तालाई कसरी सहज रुपमा सेवा दिन सक्छौ भन्ने हिसाबमा लागेका छौ, हाम्रा प्रतिवद्धतामा समेत उक्त विषय थिए , त्यसैले पहिलो बैठकबाट उपभोक्तालाई सहज होस भनेर सोही अनुसार २४ घण्टामा धारा जोडिदिने निर्णय गरेका छौ’ अध्यक्ष लम्सालले भन्नुभयो ।

यस अघि निवेदन दिएर नयाँ धारा जडानका लागि उपभोक्तालाई करिब एक महिना धारा जडानका लागि समय लाग्दै आएको थियो । अब धारा माग सहित निवेदेन दिएर आवश्यक कागजात पुरा भएको २४ घण्टा भित्र घरमा धारा जडान हुनेछ ।धारा जडानमा कुनै अतिरिक्त शुल्क समेत नलाग्ने अध्यक्ष लम्सालले बताउनुभयो । पहिले इमर्जेन्सी रुपमा धारा माग गर्दा अतिरिक्त शुल्क ५ हजार २ सय  समेत बुझाउनुपर्ने नियम रहेकोमा अब भने कुनै अतिरिक्त शुल्क बिना २४ घण्टामा धारा जना जडान हुने भएको छ । यसले नयाँ धारा जडान गर्न चाहने उपभोक्तालाई राहत पुग्ने भएको छ । धाराका लागि  लामो समय कुर्नुपर्ने बाध्यता हटेको छ । उपभोक्ताले नयाँ धारा जडान गर्दा तिर्नुपर्ने शुल्क समेत अबदेखि खानेपानी महशुल काउन्टरमा बुझाउन सक्नेछन् । यसले बैक दाखिलाका लागि उपभोक्ता धाउनुपर्ने बाध्यता हट्ने छ । महशुल काउन्टरमा दाखिला भएको रकम सोही स्थानबाट अन्य जम्मा भएको महशुलसँगै कर्मचारीले नै बैंक दाखिला गर्नेछन् ।

यसै गरि आज बसेको बैठकले उपभोक्तालाई सहज रुपमा महशुल बुझाउने व्यवस्था गर्नका लागि कावासोती ३ , शितल चोकमा खानेपानीको  ओभरहेड ट्याङ्की भएको स्थानमा थप महशुल काउन्टर थप गर्ने निर्णय गरेको छ । आवश्यक पूर्वाधार निर्माण गरि काउण्टरको सुविधा दिने अध्यक्ष लम्सालले बताउनुभयो ।उपभोक्ताको चाप धेरै हुँदै जाँदा सहज रुपमा महशुल तिर्नसक्ने व्यवस्था गर्नका लागि यो योजना गर्न लागिएको अध्यक्ष लम्सालले बताउनुभयो । यसले कावासोती ३, ८ र ९ का उपभोक्तालाई सहजता मिल्ने छ ।

खानेपानीको आज बसेको बैठकले कोषाध्यक्षमा प्रकाश भण्डारीलाई चयन गरेको छ । खानेपानीको विधान अनुसार निर्वाचित सदस्यबाट कोषाध्यक्ष चयन गर्ने प्रावधान अनुसार कोषाध्यक्षमा भण्डारीलाई चयन गरिएको हो । यसैगरी बैठकले वरिष्ठ सल्लाहकारमा निवर्तमान अध्यक्ष भिमलाल कंडेललाई चयन गरेको छ ।

Write your Comment