आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

नवलपुरमा बस पल्टदा २१ जना घाइते

    प्रकाशित २०७९ पौष २४, आईतबार (१ साल अघि)


नवलपुर । नवलपुरको कावासोती नगरपालिका ११ लोकाहा स्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बसमा चालकसहित ३० जना सवार मध्ये २१ जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बुटवलबाट नारायणगढका लागि छुटेको लु १ ख ३७२ नं. बस पट्टा भाँचिएर दुर्घटना भएको हो ।

दिउँसो चार बजेको समयमा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते सबैको कावासोती १६ स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पट्टा भाँचिएर ब्रेक नलागेपछि बस सडकदेखि तल पल्टिएको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

Write your Comment