आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोतीमा गैँडाको आक्रमणबाट दुई जना घाइते

    प्रकाशित २०७९ पौष २४, आईतबार (१ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व(नवलपुर)को कावासोती नगरपालिकामा गैँडाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।कावासोती वडा नम्बर ११ निवासी ३६ वर्षकी अनिता बोटेलाई आज बिहान साढे छ बजे घरमै आक्रमण गरेको वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।ट्वाइलेट जानेक्रममा बोटेलाई गैँडाले आक्रमण गरेको हो । घाईते बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। अवस्था चिन्ताजनक रहेको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

यस्तै कावासोती १२ गैरी निवासी ६० वर्षका निवासी टिकादत्त अधिकारीलाई पनि गैँडाले आक्रमण गरेर घाईते बनाएको छ । आज बिहान ९ बजे घर नजिकै बारीमा गैँडाले आक्रमण गरेको वडा अध्यक्ष दिपेश खनालले जानकारी दिनुभयो । घाईते अधिकारीको अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Write your Comment