आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनको अध्यक्षमा विष्णु बस्नेत चयन

    प्रकाशित २०७९ पौष २४, आईतबार (१ साल अघि)


चितवन। नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनको अध्यक्षमा विष्णु बस्नेत चयन भएका छन्। शनिबार भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको हो ।

जसकाे उपाध्यक्षमा नवीन दाहाल,सचिवमा दयाराम कंडेल, कोषाध्यक्षमा जयराम नेपाल र सदस्यहरूमा दिपक गिरी, अविनाश गुप्ता, मिथलेस कुमार गिरी, ओम प्रकाश साह, दिनेश गौतम, जीवन कोइराला र सविन सुबेदी चयन भएका हुन् ।

नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनमा ८० जना सदस्यता रहेको र स्थापनादेखि पेशागत हकहितमा काम गरिरहेको नवनिर्वाचित सचिव दयाराम कंडेलले बताए । बजारमा आईपर्ने समस्या समाधान गर्न संघ सदैव काम गर्ने उनले बताए ।

निवर्तमान अध्यक्ष परशुराम न्यौपानेकाे अध्यक्षतामा भएको अधिवेशनमा सल्लाहकार महेश्वर ढकालकाे प्रमुख आतिथ्यतामा रहेको थियो।ज्ञानेश्वर सामुदायिक वनको पिकनिक स्पोटमा भएको कार्यक्रमकाे सञ्चालन निवर्तमान सचिव रमेश पौडेलले गरेका थिए।

Write your Comment