आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

जन जागृत युवा क्लबलाई महिला भलिबल प्रतियोगिताको उपाधि

    प्रकाशित २०७९ पौष १९, मंगलबार (१ साल अघि)


देवचुली । देवचुलीमा संचालन भएको चौथो महिला भलिबल प्रतियोगिता उपाधि आयोजक जन जागृत युवा क्लबले जितेको छ।  जन जागृत युवा क्लबको आयोजनामा संचालन भएको २८औं खुला पुरुष तथा चौथो महिला भलिबल प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको हो । सोमबार  देवचुली ९ घुमाउरे खेलमैदानमा भएको फाइनल खेलमा आयोजकले धादिङलाई हराउँदै उपाधिको हात पारेको हो । वेष्ट अप फाइभमा भएको खेलमा आयोजकले ३-१ को सेटले विजयी भएको हो ।

प्रतियोगिता विजेता जन जागृत युवा क्लबले नगद रु २५ हजारसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उप विजेता धादिङले नगद रु २० हजारसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा तृतीय हुने डण्डाले नगद रु १५ हजारसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विजेता उपविजेताहरुलाई देवचुली वडा न ९ का अध्यक्ष बलिराम सापकोटाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा देवचुली वडा न १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर , देवचुली नगरपालिका कार्यपालिका सदस्य जयबहादुर बिक,नगर खेलकुद समितिका सचिव प्रकाश काफ्ले लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिता अन्तरगत पुरुष तर्फको खेल मंगलबारबाट सुरु गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पुरुष तर्फ ६ टिमको सहभागिता रहेको र खेल लिग सिस्टम अनुसार खेल हुने क्लबका अध्यक्ष विरेन्द्रराज काफ्ले जानकारी दिए । काफ्लेका अनुसार पुरुषतर्फ पुष २३ गते फाइनल हुनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५१ हजार सहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु ९१ हजारसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

Write your Comment