आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि देवचुली चार जना खेलाडी बंगलादेश जाँदै

    प्रकाशित २०७९ पौष ९, शनिबार (१ साल अघि)

देवचुली । देवचुली नगरपालिकाका चार जना खेलाडीहरु बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपका लागि शनिबार बंगलादेश जाने भएका छन् । बंगलादेशको ढाकामा डिसेम्बर २५ देखि ३१ तारिखसम्म सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियममा हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले रेगु टिम, रेगु र क्वाड तथा महिला टोलीले रेगु र क्वाड स्पर्धामा खेल्ने छन् ।

प्रतियोगिताका लागि पुरुषतर्फ देवचुली नगरपालिकाका विजय महतो,विपिन थनेत र पदमबहादुर ठाडा मगर साथै महिलातर्फ निरु थापा मगरको सहभागिता रहनेछ । टोली शनिबार दिउँसो १:४५ बजे बंगलादेशतर्फ प्रस्थान गर्ने खेलाडी विजय महतोले जानकारी दिए।

यसै बीच शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बंगलादेशको ढाकामा हुने बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १६ खेलाडीसहित २५ सदस्यीय नेपाली सेपाकताक्रो टोलीलाई बिदाइ गरेका थिए।

पुरुष/महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने छ ।

Write your Comment