आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

बाल अधिकार संरक्षण प्रणाली सुदृढीकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०७९ पौष ९, शनिबार (१ साल अघि)


हेटौंडा । मकवानपुरको हेटौंडामा बाल अधिकार संरक्षण प्रणाली सुदृढीकरण बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरका विभिन्न गाउँपालिकाका जनप्रतिनिधी , बाल कल्याण अधिकारी एवम् जिम्मेवार कर्मचारी , बाल अधिकार अभियन्ता गरि ४० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री स्थानिय शासन राष्ट्रिय मन्च, राष्ट्रिय बाल संरक्षण संजाल, बालिका अधिकारको लागि राष्ट्रिय संजाल , सामाजिक सुरक्षा नागरिक समाज संजालको संयुक्त आयोजना तथा जेभिआइ इन्टरनेशनलको सहयोगमा सम्पन्न कार्यक्रममा दिगो विकाश लक्ष्य २०३० लाइ लक्षित गर्दै विभिन्न पालिकाहरुले बालश्रम मुक्त्त पालिका घोषणा गर्दै गरेको परिप्रेक्षमा बाल अधिकार संरक्षण प्रणालीको सुदृढीकरण गर्दै अधिकारको दिगो व्यवस्थापनमा छलफल भएको हो ।

अधिवक्ता बिष्णु खत्रीले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा गाउँपालिकाले बाल संरक्षण प्रणालीको दिगोपनामा खेल्नुपर्ने भुमिकाका विषयमा प्रशिक्षण दिइएको थियो । ईन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्ष उमा लामा र भिमफेदी गाउँपालिकाको उपाध्यक्ष संजीब श्रेष्ठले पालिकालाई बालश्रम मुक्त सहितको बालमैत्री पालिका निर्माण र बाल संरक्षण प्रणाली स्थापित गर्न कार्यक्रम प्रभावकारी भएको बताउनु भएको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७८ अनुरुप पालिकालाई बाल संरक्षण मापदण्डको निर्माण , बाल कल्याण अधिकारीको नियुक्ती, स्थानिय बाल अधिकार समितिको गठन र बाल कोषको स्थापनाको सहजताको लागी कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका डा. देवकी आचार्य, राष्ट्रिय बाल संरक्षण सन्जालका अध्यक्ष प्रकाश खतिवडा , जागृति बाल तथा युवा सरोकार नेपालका तिलोत्तम पौडेल जेभिआइका नेशनल डाइरेक्टर प्रकाश खडका लगायत स्थानिय पालिकाका प्रतिनिधिहरुको सहभागिता थियो ।

Write your Comment