आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा गैंडाको आक्रमणबाट १ जना घाइते

    प्रकाशित २०७९ पौष १, शुक्रबार (१ साल अघि)


देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा न ७ घोरेघुम्टी नजिकै बिहान ७:३० बजेतिर ६३ वर्षीय सुकबहादुर तामाङलाई गैंडाले आक्रमण गरेको स्थानीयले बताए । छिमेकीको घरबाट दूध लिएर फ्रकिने क्रममा तामाङलाई गैंडाले आक्रमण गरेको हो। तामाङको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहानबाट नै देवचुलीको गैंडी ,सीताबास ,रामबास, मुढाबास, विशालटारमा गैंडा देखिएपछि स्थानीय त्रसित भएका छन् ।गैंडाले मुढाबासमा पनि एक जनालाई धक्का दिएको स्थानीयले बताए । फरक फरक स्थानमा २ भन्दा बढी गैंडा देखिएकोले स्थानीय त्रसित भएको देवचुली वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाले बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन कार्यालयबाट खटिएको टोलीबाट गैंडाको खोजी गरिएको थियो।

Write your Comment