आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष पौडेल सम्मानित

    प्रकाशित २०७९ मंसिर २९, बिहिबार (१ साल अघि)


काठमाडौँ । “न्याय, सम्मान र मर्यादित रोजगार, हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर आयोजित १४ औँ मानव अधिकार महाभेला काठमाडौँमा सम्पन्न भएको छ ।

पौरखी नेपालको संयोजनमा भएको महाभेलामा राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था महासंघ, जागृति बाल तथा युवा सरोकार नेपाल, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, हामी, क्रिड्याक, युथ एडभोकेसी नेपाल, इन्सेक, स्वतन्त्रता अभियान, मानव अधिकार एलाइन्स, सिविन, चाइल्ड नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च लगायत १५० भन्दा बढी संस्थाहरूको सहकार्यमा सम्पन्न भएको छ । पौरखीका अध्यक्ष मञ्जु गुरुङको अध्यक्षतामा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर सहित राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोगका पदाधिकारी, मानव अधिकारकर्मीहरू, नागरिक संघसंङ्गठनका प्रमुखहरु सहभागिता सम्पन्न कार्यक्रमको अवसरमा नेपालको मानव अधिकार संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बाल तथा युवामैत्री अभियन्ता जागृति बाल तथा युवा सरोकार नेपाल तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेल सम्मानित हुनुभएको छ । उहाँसँगसँगै युवा मानव अधिकारकर्मी गणेश घिमिरे, गिता पाण्डे, अधिकारकर्मी भोला भट्टराई, देविका तिमिल्सिना, मेनुका श्रेष्ठ, कृष्णबहादुर गुरुङ लगायतलाई पनि सम्मान गरिएको थियो ।

गत मंसिर २२ मा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले उद्घाटन गर्नुभएको महाभेलाको अवसरमा देशभरी विभिन्न कार्यक्रम आयोजना गरी प्राप्त सुझावहरु समेटी घोषणापत्र समेत मस्यौदा गरिएको छ । समापन कार्यक्रममा शान्ति न्याय मानव अधिकारको संरक्षण प्रवद्धन, दण्डहिनता अन्त्यको लागि आवाज गोलबन्द बनाउँदै अघि बढ्ने प्रतिबद्धता अतिथिहरुले व्यक्त गरेका छन् । अधिकारकर्मीहरु डा. कपिल श्रेष्ठ, मिन बहादुर शाही, विदुर सुवेदी, नरेन खतिवडा, गणेश घिमिरे, प्रदिप पोख्रेल, भवानी खरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

Write your Comment