आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

विश्वकपको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

    प्रकाशित २०७९ मंसिर २९, बिहिबार (१ साल अघि)


नवलपुर । विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त साविक च्याम्पियन फ्रान्स र दुई पटकको विश्व विजेता अर्जेन्टिनाबिच हुने भएको छ । बुधबार राति कतार स्थित अलबायत स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकन टोली मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फ्रान्स विश्वकपको लगातार दोस्रो संस्करणमा फाइनलमा पुग्ने छैटौं टिम बनेको छ ।

युरोपियन जायन्ट फ्रान्सले समग्रमा चौंथो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो । यसअघि फ्रान्सले १९९८, २००६ र २०१८ मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो । जसमा फ्रान्स १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो । २००६ मा भने इटालीले उपाधी रक्षा गरेको थियो ।

बुधबार खेल अवधिभर अफ्रिकन टोली मोरक्कोले साविक विजेतामाथि दबाब बढाएपनि फिनिसिङमा चुक्दा अर्को नयाँ इतिहास बनाउने अवसरबाट अफ्रिकन टोली बञ्चित भयो । तर सिमित अवसरमा फ्रान्सले गोल गर्दै खेल आफनो पक्षमा पार्‍यो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्दै इतिहास बनाएको थियो ।

खेलमा फ्रान्सले पाँचौ मिनेटमै अग्रता बनाएको थियो । फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसपछि फ्रान्स पहिलो तथा दोस्रो हाफको अधिकासं समय मोरक्को सँग दबाबमा रह्यो । तर उसले ७९ औँ मिनेटमा पाएको अर्को एक मौकालाई सदुपयोग गर्दा सहज जित तर्फ अग्रसर भएको थियो ।

फ्रान्सका लागि रोन्डो कोनो मुलियोले केलियन एम्बाप्पेको पासालई सदुपयोग गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । जारी विश्वकपमा मोरक्कोले पहिलो पटक विपक्षी टिमबाट गोल ब्योहोरेको हो । यसअघि उसले समूहचरणमा क्यानडा विरुद्धको खेलमा एक गोल आत्माघाती गोलका रुपमा खाएको थियो । सम्रमा उसले विश्वकपमा तेस्रो गोल खाएको हो ।

अब साविक च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधिका लागि दक्षिण अमेरिकी प्रतिद्वन्दी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ । मोरक्कोले भने तेस्रो स्थानका लागि क्रोएसियाको सामना गर्ने छ । अर्जेन्टिनाले पहिलो सेमिफाइनल भिडन्तमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Write your Comment