आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज

    प्रकाशित २०७९ मंसिर २४, शनिबार (१ साल अघि)


एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।

Write your Comment