आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

किशोरीले प्याड बनाउन सिकाउँदै मनाए बाल दिवस

    प्रकाशित २०७९ मंसिर ३, शनिबार (१ साल अघि)


देवचुली। कावासोतीका किशोरीहरुले प्याड बनाउन सिकाउँदै अन्तर्राष्ट्रिय बाल दिवस मनाएका छन् । शनिबार कावासोली १० का किशोरीहरुले किशोरी र आमाहरुलाई महिनावारी सरसफाई र पुन प्रयोग योग्य प्याड आफैंले निर्माण गर्ने तालिम प्रदान गरेर दिवस मनाएका हुन्।


कावासोती नगरपालिकामा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका किशोरी अभियन्ताहरुले किशोरी अधिकार र बाल अधिकारको बारेमा विभिन्न विषयका तालिमहरु लिएर विद्यालय र समुदाय स्तरमा कार्यक्रम संचालन अन्तर्गत तालिम प्रदान गरिएको किशोरी अभियन्ता मान्सु न्यौपानेले बताइन्।

बजारमा प्याड किन्दा महँगो र सो प्याडबाट असर समेत पर्ने भएकोले घरमा नै कपडाबाट निर्माण गर्न सकियो भने पैसा जोगिने र स्वास्थ्यमा समेत असर नपर्ने भएकोले सबैलाई जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको सहजकर्ता आशा बिकले बताउनुभयो ।


स्थानीय स्तरमा आज पनि महिनावारि सरसफाइको बारेमा खास ध्यान नदिदा पछी विभिन्न स्वास्थ्यका समस्याहरु देखापर्ने गरेको तथ्यांकहरुले देखाएको छ ।

कार्यक्रममा साथी शिक्षक एलिना पन्थी , स्वस्तिका ढकाल , मीना महतो, निर्जला बोटे , मान्शु न्यौपानेले महिनावारी भनेको के हो? महिनावारी सरसफाइका लागि के के गर्न पर्दछन । बजारिया प्याड र घरायसी प्याडबीचका भिन्नता के छ ? घरायसी प्याड बनाउने तरिकाको विषयमा छलफल गर्दै सहजीकरण गरेका थिए ।
त्यस्तै गरि सहजकर्ता आशा बि.क.र राधा बोटेले महिनावारीको समयमा थप के के कुरामा ध्यान दिनुपर्छ ? कस्ता कस्ता समस्या देखिन्छ ? समस्या हुँदा कहाँ जाने, के गर्ने भन्ने कुरा र सिकेका कुराहरु सदुपयोग र व्यवहारमा लागू गर्दै आफ्नो अभिभावक तथा साथीहरु लाई पनि सिकाउन सुझाव दिएका थिए।

कार्यक्रममा वडा नम्बर ९ र १० का किशोरी अभियन्ताहरु , सहजकर्ता आशा वि.क., राधा बोटे , आमा समुहका प्रतिनिधि , समुदायका किशोरीहरुको सहभागिता रहेको थियो ।

Write your Comment