आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बाल श्रम रोक्न बालबालिकाले गरे सामुहिक अनुरोध र प्रतिबद्धता

    प्रकाशित २०७९ कार्तिक ३०, बुधबार (१ साल अघि)


कावासोती। अन्तर्राष्ट्रिय बाल दिवस २०२२ को अवसरमा बाल श्रममा आफु पनि नजाने र अरु बालबालिकालाई पनि रोक्नको लागि कावासोतीका बालबालिकाले अनुरोध र सामुहिक प्रतिबद्धता गरेका छन् । कावासोती नगरपालिकाका २ वटा विद्यालयमा बालश्रम अन्त्य र बालबालिकाको भुमिका विषयक छ्लफलमा बालबालिकाहरुले स्वयं आफु श्रममा नजाने र बालबालिका श्रममा प्रयोग नगर्ने गरि निति निर्माणको लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा आवाज उठाएका हुन् ।

संयुक्त राष्ट्र संघले सन १९८९ नोभेम्बर २० का दिन बाल अधिकार सम्बन्धि महासन्धि पारित गरेपछि प्रत्येक बर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल दिवस बिश्व भरि नै मनाउने गरिएको छ ।यो बर्षको नारा Inclusion For Every child रहेको छ । जसले हरेक बालबालिकाको लागि समावेशीकरणको लागि आवाज बुलन्द गर्दछ।


कावासोती नगरपालिका वडा नम्बर ५ मा रहेको कालिका माध्यमिक विद्यालय र वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गतका किशोरीहरुको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको किशोरी अभियन्ता कृशला थापाले बताइन् ।हामी विद्यालय पढ्ने बेलाबाट नै सँगै पढ्ने साथीहरु काम र अन्य हिसाबले पढाई छोडने गरेकोले उनीहरुलाई बुझ्दा विभिन्न श्रममा जाने गरेको पाएको थापाले बताइन्।कसैको घरमा आर्थिक अवस्था कमजोर रहेर र कोही साथीहरुको लहैलहैमा श्रममा जाने गरेकोले विद्यालय अध्ययनरत बालबालिकालाई पढाईको महत्त्व र बाल श्रममा हुँदाको नकारात्मक सन्देश प्रवाह गर्नको लागि छलफलको आयोजना गरिएको उनले बताइन् ।

कावासोतीमा खोलामा गिटि बोक्न, पसल, होटेल र ग्यारेजमा बाल श्रमिक रहेको देखिन्छ। कोही कावासोती नगरपालिका र अन्य धेरै जिल्लाबाट आयका बालबालिका रहेको तथ्यांक नगरले तयार गरेको छ ।


कार्यक्रममा बालबालिकालाई बालश्रम र बाल सिकाई, बालश्रमको बेफाइदा, रोक्न सकिने कामहरु, रोक्न सहयोग गर्ने निकायहरुको बारेमा जानकारी प्रदान गरिएको सहजकर्ता आशा बिकले बताइन् । कार्यक्रममा विद्यालयका शिक्षक, बाल क्लब र अन्य बालबालिकाहरु गरी ६० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा किशोरी अभियन्ताहरुले आफुले तयार गरेका पोस्टरहरु, बालबालिका खोज तलास केन्द्र र अन्य सुचनाहरु रहेको जानकारीहरु समेत प्रदशन गरेका थिए ।

Write your Comment