आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

बैंकको ब्याजदर नघट्ने !

    प्रकाशित २०७९ कार्तिक २९, मंगलबार (१ साल अघि)


काठमाडौं । आउँदो मङ्सिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मङ्सिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै बैंकर्स संघले मङ्सिर महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले जानकारी दिए ।

अघिल्लो महिना भद्र सहमतिलाई भङ्ग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुसी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए ।

व्यक्तिगत मुद्दती बचतको ब्याजदर ११.०३ प्रतिशत कायम भएको छ भने रेमिट्यान्स खातामा बैंकहरुले १२.०३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।

Write your Comment