आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुथ संरक्षणको जिम्मा युवाको दायित्व पौडेल, नवलपुर विकासलाई तिव्र गति दिने गाहाको प्रतिबद्धता

    प्रकाशित २०७९ कार्तिक २६, शनिबार (१ साल अघि)


देवचुली ।नेकपा(एमाले)को तर्फबाट नवलपुर क्षेत्र नं.-१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्ण पौडेलले युवाहरू अब बुथ संरक्षणको जिम्मेवारी लिने गरी योजना बनाएर लाग्न आग्रह गर्नुभएको छ । नेकपा एमाले नवलपुर जिल्ला सह इन्चार्ज समेत रहेका पौडेलले वर्तमान समयमा गठबन्धनका दल र सम्पूर्ण राज्य शक्ति नेकपा(एमाले)लाई हराउनका लागि लागि परेको र फर्जी मत खसाल्ने, ब्यालेट साट्ने जस्ता क्रियाकलाप गर्न सक्ने भन्दै सजग रहन र मतदान स्वच्छ र निशपक्ष ढंगबाट गराउन लागि युवाहरू लाग्नका लागि निर्देशन समेत दिनुभएको छ । नेता पौडेलले आज निर्वाचन क्षेत्र नं. १ को राष्ट्रिय युवा संघ नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा भएको बृहत युवा विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।


नवलपुर क्षेत्र नं. १ का समेत उम्मेदवार रहेका पौडेलले विगतमा बुथ कब्जा गर्ने, मतदातालाई मतदान गर्नबाट बन्चित गर्ने गरेको बताउँदै भयरहित वातावरणमा मतदातालाई मतदान गर्ने वातावरण निर्माण गर्न युवाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै अखिलमा आबद्ध विद्यार्थीहरूले मतदाता शिक्षा प्रदान गर्न (मतपत्रमा छाप लगाउन , मतपत्र पट्याउन र मत हाल्न सिकाउन) घरघरमा पुग्न आग्रह गर्नुभयो ।

त्यस्तै प्रदेस सभाका उम्मेदवार रोसन गाहा मगरले प्रादेसिक संरचना निर्माण, नीति तथा कार्यक्रममा राम्रो अनुभव रहेको र यहाँको विकास निर्माणमा प्रदेस सभामा रहँदा कार्यक्रमहरु बजेट विनियोजन गरि केही सम्पन्न भएको तथा केही सम्पन्न हुने दौरानमा रहेको अवगत गराउनु भएको थियो । एमाले गण्डकी प्रदेश नेता समेत रहेका गाहाले हिजो खेतका बारीहरुमा हेलिकप्टर राखि चुनावी कार्यक्रम गरेका गठवन्धनका नेता कार्यकर्तालाई चोटिलो प्रहार गर्दै अहिले सरर किर्तिपुर पुग्न सकिने गरि बाटो निर्माण गरेको बताउँदै थप कार्यक्रमहरु सम्पन्न गर्न र सुखि नेपाली , समृद्ध नेपालको सपना साकार पार्न सुर्यमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपालका नेता तथा देवचुली संयोजक चन्द्रबहादुर थापाले गरेका थिए ।

Write your Comment