आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

मत माग्दै घरघरमा पुगे उम्मेदवार

    प्रकाशित २०७९ कार्तिक १९, शनिबार (१ साल अघि)


नवलपुर।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न घरघरमा पुगेका छन् । यसैक्रममा नवलपुर क्षेत्र नम्बर १ लाई भने चौतर्फीरुपमा चासोका साथ हेरिएको छ । नेपाली काङ्ग्रेस महामन्त्री एवं संघीय संसदको समेत प्रतिस्पर्धा रहेको यो क्षेत्रमा विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

उम्मेदवार हरु घरदैलो कार्यक्रममा व्यस्त रहेकै बेला क्षेत्र नम्बर १ मा स्वतन्त्र पार्टीबाट संघीय प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका राजन गौतम पनि भेटिए । `हामी यति काम चाहिँ गर्छौँ गर्छौँ´ नारा सहितको घोषणा पत्र र हातमा घण्टी बजाउँदै हिँडेका स्वतन्त्र पार्टीका गौतमले जिल्ला र प्रदेशको समग्र विकासमा आफू लागि पर्ने बताएका छन् ।

भ्रष्टाचार सहिन्न : कसैलाई छोडिन्न, फास्ट ट्रयाक कोर्ट, धर्म संस्कृति र सम्पदाको जगेर्ना, सिमा सुरक्षा, २४ घन्टा हटलाइन, तनावमुक्त सरकारी सेवा, साना ब्यापारीसँग हातेमालोलगायतका प्रतिबद्धता गरिरहेका गौतमले `हामी के गर्दैनौं ?´ शिर्षकमा १३ बुँदामा आफ्नो कबुलियत समेत घोषणा पत्रमा राखेका छन् ।

आफ्नो क्षेत्रमा रहेका स्थापित पार्टीबाट कार्यकर्ता समेतको नैरास्यता रहेकै बेला चुनाबको नतिजा आफ्नै पक्षमा आउनेमा ढुक्क रहेको बताएका छन् ।

नवलपुर क्षेत्र नम्बर १/२ मा पार्टी प्रवेश तथा प्रशिक्षणलगायत कार्यक्रम गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र र अन्य पार्टीले यति बेला घरदैलोलाई अगाडी बढाएका छन् ।

Write your Comment