आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

गैंडाकोटमा आज एमाले निकट युवा संघ र अनेरास्ववियुको भेला हुने

    प्रकाशित २०७९ कार्तिक १९, शनिबार (१ साल अघि)


गैंडाकोट। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुको क्षेत्रिय भेला शनिबार गैंडाकोटमा हुने भएको छ । एमालेका दुवै भातृ संस्थाहरुको संयुक्त रूपमा हुने क्षेत्रिय भेला बेल्डिहा स्थित गैरे पार्टी प्यालेसमा हुने युवा तथा विद्यार्थी परिचालन कमितिका संरक्षक नवराज कँडेलले बताउनुभयो ।

भेला आज मध्याह्न १ बजेदेखि सुरु हुने संरक्षक कडेलले जानकारी दिनुभयो । भेलालाई नवलपुर क्षेत्र नं १ का तीनै जना उम्मेदवारहरुले सम्बोधन गर्ने तय भएको छ ।

संघीय सांसदका उम्मेदवार कृष्ण पौडेल, प्रदेश सभा सदस्य १ (क) का उम्मेदवार रविन्द्र अधिकारी र १ (ख) का उम्मेदवार रोशन गाहाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Write your Comment