आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरका पहाडहरू पर्यटकले भरिनेछन् : प्रतिनिधि सभा उम्मेदवार पौडेल

    प्रकाशित २०७९ कार्तिक १५, मंगलबार (१ साल अघि)


नवलपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले एमालेको सरकार आएपछि नवलपुर जिल्लाका पहाडी क्षेत्रहरू पर्यटकले भरिने बताएका छन। ढोडेनीमा आयोजित पार्टी कार्यक्रममा बोल्द‌ै नवलपुर जिल्ला पर्यटनको दृष्टिकोणले सबैभन्दा सम्भावना रहेको जिल्ला भएको र अहिलेसम्म विकासका पुर्वाधार तथा प्रचारप्रसारको कमिका कारण ओझेलमा पर्दै आएको बताउनुभयो ।

नवलपुरमा जलयात्रा , जंगल सफारी गरि विश्वकै दुर्लभ एक सिंगे गैंडा , पाटेबाघ लगायतका जंगली जनावरहरू देख्न पाइने, थारू ,मगर , गुरूङ , बोटे होमस्टे सञ्चालनमा रहेका र धार्मिक तथा साँस्कृतिक रूपमा धनी रहेको , देवचुली जस्तो जिल्लाकै ठूलो पहाड लगायत थुप्रै पहाडी क्षेत्रहरूमा पर्यटनको सम्भावना रहेको र विगत लामो समयसम्म केही काम नभएकोमा दुख व्यक्त गर्दै अब नवलपुर पर्यटकले भरिने र होटल , होमस्टे लगायतका व्यवसाय सञ्चालन गरि विकास गर्ने उहाँले बताउनुभयो ।

जनताको समस्या जनताको प्रतिनिधिले तीन तहको सरकार मार्फत पूरा गर्दै जनता र राष्ट्रप्रति उत्तरदायी भइ काम गर्ने पौडेलले बताउनुभयो । आफू स्थानीय भएको र यसपटक एकपटकका लागि यहाँको विकासका लागि जनताले सूर्यमा भोट गर्ने अवस्था रहेको र परिवर्तनका लागि एमालेलाई जिताउन लाग्नका लागि सबै कार्यकर्ताहरूलाइ निर्देशन समेत दिनुभयो ।दुनियाँका देश विकास गर्ने नेपाली युवा अब देशमा नै रहि आफ्नो देश आफै बनाउ भन्ने अभियानमा लाग्नुपर्ने र यसका लागि नेकपा(एमाले) तयार रहेको पौडेलले बताउनुभयो।

Write your Comment