आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुलिङटारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु , २५ जना घाइते

    प्रकाशित २०७९ कार्तिक १३, आईतबार (१ साल अघि)


नवलपुर। पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि २५ जना घाईते भएका छन् ।

मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ ।

बिहान ४ वजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

Write your Comment