आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित र व्यस्थित बनाउन सबै लाग्नुपर्छ

    प्रकाशित २०७९ कार्तिक ३, बिहिबार (१ साल अघि)


नवलपुर । वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित र व्यस्थित बनाउन विभिन्न जिल्लामा रहेका १५ पुस्तकालयका प्रतिनिधिलाई तालिम प्रदान गरिएको छ । रिड नेपालको आयोजनामा सुरक्षित आप्रवासन सम्बन्धि दिगो परियोजना प्रशिक्षक प्रशिक्षण तालिम ५ दिन सम्म संचालन भएको हो । पुस्तकालयका प्रतिनिधिका रुपमा सहभागी १८ जनालाई वैदेशिक रोजगार सम्बन्धि कानुनी व्यवस्था , मानव वेचविखन तथा ओसारपसार विरुद्धको कानुनी जानकारी , सुरक्षित आप्रवासन सम्बन्धी जानकारी , वैदेशिक रोजगारी सम्बन्धी जानकारी तछा वैदेशिक रोजगरालाई सुरक्षित ,मर्यादित र व्यवस्थित बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा प्रशिक्षकका रुपमा पिपुल्स फोरम अधिवक्ता कृष्ण न्यौपाने, अधिवक्ता पुरुषोतम प्रजापति , रिड नेपालका कार्यक्रम अधिकृत साजन थापा, रिड नेपालका भाग्यश्री बिष्ट,सामी परियोजना नवलपुरका परामर्शदाता रञ्जना लम्साल ,पारालिगल सहजकर्ता मदन गिरी लगायत रहनुभएको थियो ।

रिड नेपालले विभिन्न पुस्तकालयसँको सहकार्यमा वैदेशिक रोजगारलाई सुरक्षित ,व्यवस्थित तथा मर्यादित बनाउन काम गरिरहेको छ ।

यसैबीच तालिमको समापन कार्यक्रममा बोल्दै कावासोती नगरपालिका नगर उप प्रमुख फूलकुमारी थनेतले सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जानुपर्ने बताउनुभयो ।सीप सिकेर जादा वैदेशिक रोजगारका क्रममा हुन सक्ने जोखिम घट्ने र सुरक्षित बन्ने बताउनुभयो । सकेसम्म स्वदेशमै रोजगार गर्ने र विदेश जानुपर्ने भए जानेर बुझेर ,सीप सिकिरे जानुपर्ने बताउनुभयो । नगर स्तरबाट समेत विभिन्न समयमा सिपमुलक तालिम प्रदान गर्ने गरेको बताउँदै यसको लाभ लिन अनुरोध गर्नुभयो ।

तालिमको समापन कार्यक्रममा सामी परियोजनाका रञ्जना लम्साल, रितुराम सोती, पिपुल फोरमका कार्यक्रम संयोजक पुरुषोतम प्रजापति, उपाध्यक्ष कृष्ण न्यौपाने, रिड ग्लोबलका सुस्मिता लामा, होमस्टे एसोशिएसनका केन्द्रिय अध्यक्ष प्रेमशंकर मर्दनिया थारु, कावासोती १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठ लगायतले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउने सवालमा सबै लाग्नुपर्ने बताएका थिए । रिड नेपालका निर्देशक छत्र बहादुर खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन मदन गिरीले गर्नुभएको थियो ।

Write your Comment