आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

    प्रकाशित २०७९ आश्विन ३०, आईतबार (१ साल अघि)


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।ललितपुरको किष्ट अस्पतालले उनको आइतबार बिहान निधन भएको पुष्टि गरेको छ । जोशी तीन सातायता सोही अस्पतालमा उपचाररत थिए । विगत लामो समयदेखि प्रोष्टेड तथा मुटुको समस्याबाट पीडित थिए। उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।

डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उनलाई अस्पतालको सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएपछि आइतबार निधन भएको हो । उनको उमेर १०३ वर्ष रहेको थियो ।

Write your Comment