आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

किशोरी अधिकारको लागि सबैजना जिम्मेवार हुनुपर्छ : उपप्रमुख थनेत

    प्रकाशित २०७९ आश्विन २९, शनिबार (१ साल अघि)


कावासोती। किशोरी अधिकारको लागि सबैजना जिम्मेवार हुनुपर्ने कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतले बताउनुभयो । उप प्रमुख थनेतले अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा आयोजित म जिम्मेवार बालिका छलफल र अन्तरसंवादमा सो कुरा बताउनुभएको हो ।


जागृति बाल तथा युवा सरोकार नेपाल, द गार्डेन अफ होप फाउण्डेसन, नवलपुर किशोरी सञ्जाल र जागृति बाल क्लव नेपालको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा कावासोती नगरका उपप्रमुख फुलकुमारी थनेतले किशोरी शसक्तिकरण र किशोरी अधिकार संरक्षणको लागि स्वयम किशोरी र अन्य सरोकारवालाहरु बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । आफ्नो किशोर अवस्थामा बालक्लव, किशोरी क्लब र नेतृत्व विकासका कार्यक्रमहरु नहुँदा पछाडि परिएको उप प्रमुख थनेतले बताउनुभयो । अहिलेको समयमा नेतृत्व विकासको लागि कार्यक्रमहरु र अभियानहरु सञ्चालन हुँदा अबको दिनमा महिला र पुरुष बिचमा साचो अर्थमा समानता हुने बताउनुभयो । किशोरीहरुले पनि आफ्नो अधिकार सहित जिम्मेवारी र दायित्वबाट पछाडी हट्न नहुने र पछिल्लो समय किशोरीहरु आफैले पढाई छोड्ने, बालविवाह गर्ने, आफ्नो विकास भन्दा पनि अन्यत्र कुरामा ध्यान दिन थालेकोले सवैले जिम्मेवारी बोध गरेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बालिका अधिकार र बालिका दिवसको सन्दर्भका बारेमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सहजिकरण गर्नुभएको थियो । बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र शोषण व्याप्त रहेको र यसको न्युनिकरणको लागि स्वयं किशोरीहरु नै बढी जिम्मेवार हुँदै यसका सरोकारवालाहरुले ध्यान दिनुपर्ने शर्माले बताउनुभयो ।


कार्यक्रममा सहभागि किशोरीहरुले आफ्नो प्रतिबद्धता जाहेर गर्दै विभिन्न सन्देशमुलक फ्लायरहरु तयार गरेर विभिन्न सन्देशहरु दिएका थिए । साथै किशोरीहरुले नृत्य, गित, कविता, मुक्तक समेत प्रर्दशनी गरेका थिए । किशोरीहरुले बालविवाह विरुद्ध एकजुट हुन, समान अवसर प्राप्त गर्न, शिक्षा र स्वास्थ्य अधिकार हासिल गर्न, किशोर किशोरी भए दक्ष, बन्छ देशको भविष्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा समान सहभागिता, बालश्रम विरुद्ध न्युनिकरण जस्ता विभिन्न सन्देशहरु समेत तयार गरेर आफ्नो प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

कार्यक्रममा कावासोती नगरपालिका महिला बालबालिका शाखाका प्रतिनिधी, नगर बाल सञ्जाल, किशोरी शसक्तिकरण कार्यक्रम र अन्य बालबालिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा किशोरीहरु सवनम सुनार र बर्षा पौडेलले सहजिकरण गर्नुभएको थियो ।क्यान्नालन स्विजरल्याण्डको सहयोगमा संचालित कार्यक्रममा विभिन्न संस्थाहरुको सहकार्यमा रहेको थियो ।

Write your Comment