आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

मध्यबिन्दुका दुई विद्यालयमा बाल अधिकार समूह गठन

    प्रकाशित २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि)


देवचुली । मध्यबिन्दु नगरपालिकाका दुई विद्यालयमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित आगामी तीन वर्षे परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मध्यबिन्दु नगरपालिकामा छनोट भएका दुई विद्यालयमा बाल अधिकार समूहको गठन गरिएको हो । शुक्रबार नेपाल लोकसेवा मा वि र ज्ञानोदय मा वि मा १५/१५ सदस्यीय बाल अधिकार समूह गठन गरिएको हो ।

शुक्रबार नेपाल लोकसेवा मा वि मा बालकृष्ण पाण्डेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रोजी मल्ल,सचिवमा विकास ढकाल ,सह सचिवमा शान्ति परियार,कोषाध्यक्षमा यशोदा राना , सदस्यहरुमा अनिष ज्ञवाली,प्राप्ति कुमाल,सौगात मल्ल,दिलु मिधुन,रोशनी रेग्मी,सायना कुमाल,प्रसुना सोती,अमृत सापकोटा, समिक्षा भुसाल,अनुज कुमाललाई चयन गरिएको छ ।

त्यसै गरि ज्ञानोदय माध्यमिक विद्यालयमा शितल चौधरीको अध्यक्षता १५ सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा सविना खान,सचिवमा श्याम चौधरी ,सहसचिवमा श्रेया बर्मा ,कोषाध्यक्षमा अनुप बि क,सदस्यहरुमा स्मृति तामाङ्ग,विष्णु बि क,स्रीमोन चौधरी,दिपेश चौधरी,लिलु गाहा,रितिका थनेत,युवराज कार्की,अम्बिका परियार, आकाश कुमाललाई चयन गरिएको छ ।

कार्यक्रममा ईन्सेक जिल्ला प्रतिनिधि तिर्थ डुम्रेले ईन्सेकको जानकारीसहित मानव अधिकार शिक्षा परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

नेपाल लोकसेवा मा वि का प्रधानाध्यापक लेखराज भण्डारीले बालबालिकालाई रचनात्मक तथा सिर्जनात्मक कार्य गर्नका लागि नवगठित समितिलाई सुझाव दिनुभयो । नव गठित समितिलाई विद्यालयबाट आवश्यक सहयोग रहने भण्डारीले बताउनुभयो ।

ज्ञानोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर घर्तीले ईन्सेकले विद्यालयलाई चयन गरि परियोजनाका संचालन गर्न लागेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । परियोजनाका लागि विद्यालयले आवश्यक सहयोग समेत घर्तीले बताउनुभयो ।

कार्यक्रममा सम्बन्धित विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधि ,शिक्षकहरु,ईन्सेक जिल्ला प्रतिनिधिलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

Write your Comment