आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

नवलपुरमा सशांक सँग भिड्ने एमालेका जबरजस्त नेता कृष्ण पौडेल को हुन् ?

    प्रकाशित २०७९ आश्विन २३, आईतबार (१ साल अघि)

यतिबेला देश आगामी मंसिर ४ गते हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनले तातेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको राज्यव्यवस्था सञ्चालनका लागी दोस्रो पटक देशमा निर्वाचन हुदैछ । २०७२ सालमा संविधान सभा बाट नेपालको संविधान जारी भए सँगै देशले मूल कानून संविधान पाएको छ र सोहि व्यवस्थालाइ संस्थागत गर्दे समाजवाद तर्फ देश उन्मुख भइरहेको वर्तमान अवस्थालाइ अघि बढाउदै मुलुक निर्वाचनका लागी अघि बढिरहेको छ ।

वर्तमान अवस्थामा नेपाली राजनैतिक दल , स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा जितका लागी भिडिरहेका छन । विभिन्न पार्टीका शिर्ष नेताहरुलाइ समेत यतिबेला चुनाव हारिन्छ कि भन्ने डर भने कायम नै रहेको छ । यसै सन्दर्भमा नवलपुर जिल्ला क्षेत्र नं. १ बाट तिन पटक सम्म लगातार यसै ठाउबाट चुनाव जितेका कांग्रेस नेता सशांक कोइराला सँग प्रतिस्पर्धा गर्नका लागी नेकपा(एमाले)बाट कृष्ण पौडेल आएका छन । लामो राजनैतिक इतिहास बोकेका रैथाने नेताका रुपमा परिचित कृष्ण पौडेल राजनीतिको पुराना खेलाडी भए पनि यस क्षेत्रका जनताका लागी चुनाव लड्ने भने यो पहिलो पटक हो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता शशांक कोइराला यतिबेला पुनः चौथो पटक नवलपुर क्षेत्र नं. १ बाट चुनाव लड्दै छन । राष्ट्रिय राजनीतिलाइ नियाल्ने र २०७४ सालको संघिय निर्वाचनलाइ आधार मानेर हेर्ने हो भने तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पहिलो राजनैतिक शक्ति हो भने नेपाली कांग्रेस दोस्रो तर नेकपाको फुट संगै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) मिलेर बनेको शक्ति अहिले छुट्टाछुटै अवस्थामा छन र अझै एकीकृत समाजवादी समेत निर्माण भएको छ ।

हाल गठबन्धको सरकार र तिनमा रहेका दलहरु मिलेर २०७९ सालको स्थानिय तहको निर्वाचनमा सबै गठबन्धनका दलहरुलाइ हराउदै नेकपा(एमाले) दोस्रो दलको रुपमा स्थापित हुन पुगेको छ । तर नवलपुरमा भने गठबन्धनका दलहरु सँग एक्लै चुनाव लडेको नेकपा(एमाले)ले जिल्लाको पहिलो पार्टीको रुपमा आफुलाइ उभ्याउन सफल भएको छ । यसै चुनावी क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शशांक कोइराललासँग भिड्नका लागि नेकपा(एमाले) बाट कृष्ण पौडेल आएका छन ।

व्यक्तिगत परिचय

वि.सं. २०२१ सालमा बाग्लुङ्ग जिल्लाकाे पैँयु थनथापमा पीता कुलरन्त पाध्य र माता गीता पाध्यको कोखबाट जन्मेका पौडेलले प्रारम्भिक शिक्षा पैँयुबाट प्राप्त गरि वि.सं. २०३४ सालमा नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा स-परिवार नै बसाइसराइ गरि आए । विद्यालय शिक्षा नवलपुर जिल्ला देवचुली नगरपालिकाको रजहर स्थित देवचुली मा.वि बाट पुरा गरे भने राजनीति शास्त्रमा स्नातक सम्म अध्ययन रत्नराज्य क्याम्पस काठमाडौँबाट पुरा गरे । यहाँका हरेका सामाजिक तथा राजनैतिक क्रियाकलापहरुमा पहिलो नम्बरमा पुग्ने पौडेलको जिवनशैली सामान्य देखिन्छ । सधै सामान्य पहिरनमा हिड्ने , चर्काे स्वर तर नरम बोलि भएका , सधै । सजिलो र एकैनास देखिरहने , विचार सिद्धान्त र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने सोच भएका र उस्तै सामान्य जिवनशैलीको अनुसरण गर्ने उनको व्यक्तित्व रहेको छ । जनताको दुखः सुखमा सधै सँगै हुने र सधैभरि जनताको काम गर्ने , जिवनभर कम्युनिष्ट राजनीतिमा निरन्तर लागिरहने र नवलपुरका रैथाने नेताको रुपमा उनलाइ चित्रण गर्ने गरिन्छ ।

राजनैतिक पृष्ठभूमि

सानै उमेर देखि घरपरिवारबाट नै बामपन्थि विचारधारा बाट प्रशिक्षित र प्रभावित भएका पौडेलले राजनैतिक जिवन भने नवलपुर बाट सुरु गरे । वि.संं. २०३६ सालमा देवचुली मा.वि रजहरको अनेरास्ववियु प्रारम्भिक कमिटिको अध्यक्षबाट विद्यार्थी राजनीतिको सुरुवात गरेका पौडेलले अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष , लुम्बिनी अञ्चल कमिटी अध्यक्ष हुदै वि.सं. २०४४ सालमा केन्द्रिय कमिटीको सदस्य सम्म भए । वि.सं. २०४८ सालमा नेकपा(एमाले)को प्रथम नवलपरासी जिल्ला अधिवेशन बाट सचिव/पार्टी प्रमुख भए सँगै पार्टीको राजनीति सुरु गरे , दुइ कार्यकाल जिल्ला सचिव÷प्रमुख भएर काम गरे र लुम्बिनी अञ्चलको सचिवालय सदस्य तथा पार्टी स्कुल विभाग प्रमुख भए , २०६१ सालमा पुनःनवलपरासी जिल्ला कमिटीको अध्यक्ष , २०७४ सालमा गण्डकी प्रदेश कमिटी सदस्य हुदै नेकपा(एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्य भएका छन ।

निरन्तर जनताको काममा समर्पित

वि.सं. २०३६ सालमा भूमिहिन सुकुम्बासी र मोहियानी हकका निम्ति अग्रपंक्तिमा रहेर आन्दोलन , वि.सं. २०३९ सालमा पिस्टर हत्या काण्डको विरोधमा काठमाडौँ स्थित हनुमान ढोका जेलमा ११ दिन थुनुवा , वि.सं. २०४२ सालमा अनेरास्ववियुले नेतृत्व गरेका निरंकुशता र शैक्षिक आन्दोलनमा सहभागी भएर २७ दिन सम्म नवलपुरको गैडाकोट प्रहरी चौकिमा २७ दिन सम्मा थुनुवा भएर बसे संयुक्त जनआन्दोलन समायोजन समितिको सदस्य भइ वि.सं. २०४६ सालमा भारतले गरेको नाकाबन्दीको विरोध, रामराजा सिंह द्धारा गरिएको बम काण्डको विरोध , २०५० सालमा महाकाली बचाउ आन्दोलनमा सक्रिय सहभागी हुदै वि.सं. २०६४ सालको संविधान सभाको निर्वाचनमा नवलपरासी क्षेत्र नं. ३ बाट उम्मेदवार भए र पराजित भए पराजित भए सँगै राजनीति र जनताको काम बाट कत्ति पनि विचल्लित भएनन र २०७० सालमा पुनः नवलपरासी क्षेत्र नं. ३ बाट उम्मेदवार बने र हाल गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता कृष्णचन्द्र नेपालीलाइ हराउदै संविधान सभाको सदस्यमा विजयी भए । संविधान सभा सदस्य निर्वाचित भए सँगै नेपालको मुल कानुन संविधान सभा बाट मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाइ संस्थागत गर्न सफल भए र नेपाललाइ समाजवादको दिशा तर्फ अघि बढाउन सफल भए ।

अबको राजनैतिक भविष्य कस्तो ?

यतिबेला नवलपुर क्षेत्र नं. १ को राजनीति आफ्नै पोष्टमा गोल गर्ने अवस्थामा रहेको देखिन्छ । तमाम असन्तुष्टि र निर्वाचनमा पैसाको खोला बग्छ यदि ६ करोड भन्दा धेरै खर्च गर्न सक्नुहुन्छ भने आउनुहोस मेरो चुनाव क्षेत्रमा लड्न भनेर ठुलो कार्यक्रमका बिचमा भन्ने कांग्रेस नेता प्रा.डा शशांक कोइराला सँग चुनाव लड्न त्यति सजिलो भने रहेको देखिदैन । पैसा खर्च गर्ने मामलामा कमजोर भएता पनि प्रोफाइलका हिसाबमा भने पौडेल ज्यादै शक्तिशालि र यहाँको भुगोल बुझेका नेताको रुपमा परिचित छन । ४० वर्ष सम्म निरन्तर रुपमा नवलपुरमा राजनीति गर्दे आएका नेता पौडेल यहाँकै स्थानिय रैथाने नेता हुन । निरन्तर रुपमा ३ पटक यहाँबाट चुनाव जितेका कांग्रेस नेता कोइराला प्रति यहाँका जनता आजित भएका हुन भन्दा अतिसयुत्ति नहोला जसको फलस्वरुप अबको निर्वाचनमा कांग्रेस र गठबन्धनका नेताहरुले नेकपा(एमाले)ले फालेको बल सोझै स्टममा पुराएर कोइरालालाइ बोल्ड गर्ने तयारीमा रहेको विभिन्न सामाजिक सञ्जालका अभिव्यक्तिहरुले देख्न सकिन्छ । उसो त नेकपा(एमाले) भित्र पनि त्यस्तो नभएको होइन तर नवलपुरको हकमा भने नेकपा(एमाले) आगामी निर्वाचनका लागी एक भएर अघि बढेको देख्न सकिन्छ । गठबन्धको कमजोर पक्ष भनेको फिल्डिङ्ख टाइट गर्न नस्कनु र एक्लाएक्लै भिड्ने कुरा गएको स्थानिय तहको निर्वाचनले प्रष्ट पारेको छ जसको फलस्वरुप नेकपा(एमाले) नवलपुर जिल्लाको पहिलो पार्टी बन्न सफल भयो । दुइ निर्वाचन क्षेत्र रहेको नवलपुरमा क्षेत्र नंं. २ बाट माओवादी केन्द्र र क्षेत्र नं. १ मा कांग्रेसले टिकट पाउनाले पनि आगामी निर्वाचन थप सजह र रोमाञ्चक हुने देखिएको छ । नेपाली कांग्रेसको राम्रो पकड रहेको जिल्लामा हाल आफैभित्रको असन्तुष्ट पक्ष एकातिर हुदै गर्दा गठबन्धन र माओवादी केन्द्र सँगको टिकट बाडफाँडले गर्दा भित्रभित्र भुसको आगो फैलिएर यसपालि बरु आफु बोल्ड भएर सिङ्खो गठबन्धनको टिमलाइ हराउन सक्ने संकेत देखिएको छ । जसको फाइदा यसपाललिको निर्वाचनमा कृष्ण पौडेलले लिन सक्ने देखिन्छ ।

शशांक कोइरालाको चौथो पटकको आगमन

शशांक कोइरालाले तिन पटक चुनाव जित्ने र पटक पटक कांग्रेस नेतृत्वको प्रदेश र संघिय सरकार हुदाँ समेत औँलामा गन्न सकिने जति पनि विकास गर्न नसक्नुले गर्दा नवलपुरे जनता आजित भएका छन र नयाँ अनुहार खोजिरहेका छन । नेपाली कांग्रेसको लालकिल्लाको रुपमा रहेको नवलपुर अहिले आएर नेकपा(एमाले)को गण बन्दै गएको छ भने नेकपा(माओवादी केन्द्र) लाभ लिने अवस्थामा पुगेको छ । चाहे जुनसुकै यि दुइ वा अरु पार्टी सँग चुनवी तालमेल गर्न परेपनि तयार रहदै राष्ट्रिय राजनीतिमा हावि हुने र आगामी सरकार पनि साझेदारीमा चलाउने माओवादी राजनीतिले गर्दा नवलपुरमा माओवादी केन्द्र कमजोर बन्दै गएको छ । उता स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका पूर्व माओवादीका नेता राजन गौतम यतिबेला जोडतोडका साथ चुनावमा अघि बढेका छन जसले गर्दा पनि शशांक कोइरालालाइ जाने माओवादीका भोटहरु यसपटक गौतमले ल्याउने देखिन्छ र राम्रो मत युवाहरुले पनि हाल्ने देखिन्छ । उसो त स्वतन्त्र उम्मेदवारहरुलाइ पनि कम आँकलन गर्नु हुदैन तर नवलपुरमा भने जित्ने भन्दा पनि कुन पार्टीलाइ बढि प्रभाव पार्छ भन्ने कुरा आम जनताको बुझाइ रहेको छ । यसपटक नयाँ अनुहार हेर्ने जनचाहना अनुरुप शशांक कोइरालालाइ गाह्रो भएता पनि आगामी निर्वाचनमा यहि हुन्छ भन्न सकिने अवस्था भने देखिदैन ।

पौडेलले जित्न सक्ने आधारहरु के के हुन त ?

चुनावको परिणाम भोट गनेपछि मात्र थाह हुने भए पनि नवलपुर क्षेत्र नं. १ का बलिया र जबरजस्त उम्मेदवारका रुपमा रहेका २०७० सालमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव जितेका नेता पौडेलले चुनाव जित्न सक्ने बलिया आधारहरु भने देख्न सकिन्छ । शशांक कोइरालाबाट आजित भएका जनता नै पौडेलको जितको पहिलो आधार हो , लामो समय सम्म निरन्तर सामाजिक सेवा र जनताको घरदैलोमा दुखको मलामी र सुखको जन्ति सँगसँगै ४० वर्षको लामो राजनैतिक यात्रा गरेका पौडेललाइ नवलपुरको कुना कन्दराको समस्या , नवलपुरको पहाडि क्षेत्रको यातायात , शिक्षा , रोजगारी , खानेपानी , स्वास्थ उपचार र नवलपुरको विकासका आधारहरुको राम्रो ज्ञान भएको देख्न सकिन्छ । जसले गर्दा यि तमाम कुराहरुबाट पछाडि परेको नवलपुरको भविष्यका निम्ति लाग्ने उनको निरन्तरका कार्यलाइ जनताले नजिक बाट बुझेको देख्न सकिन्छ । स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)ले प्राप्त गरेको जनमत, पार्टी र पार्टीका भातृ संगठनहरुको सक्रियता र जनजातिहरुको बाहुल्यता रहेको क्षेत्र अर्थात मगर भोटका लागी रोशन गाहा र तराइ क्षेत्रका लागी रविन्द्र अधिकारी प्रदेश सभामा उठ्नाले पनि उनलाइ थप सहजता प्रदान गरेको छ । नेकपा(एमाले) नेकपाको सरकार हुदाँ गरेको कामहरु र पछिल्लो समय विवादिन रहेका कांग्रेसका नेता तथा गण्डकी प्रदेशका मुख्य मन्त्रि कृष्ण चन्द्र नेपालीले नवलपुरको विकासका लागी काम गर्न नसक्नाले गर्दा र आफैमा कम्युनिष्ट विचार सिद्धान्त भएका र विकास प्रेमि र आदर्श व्यक्तिको चरित्र बनाउन सफल भएकाले गर्दा यसपालीको निर्वाचनमा पौडेल विजयी हुने सम्भावना बलियो देख्न भने सकिन्छ । गठबन्धनका दलहरु र कम्युनिष्ट विचार सिद्धान्त मन पराउने नेता, कार्यकर्ता र जनताहरु संविधान सभा मार्फत संविधान निर्माण गरि देशलाइ संघीय लोकतान्त्रि गणतन्त्रात्म र धर्मनिरपेक्षको बाटोमा अघि हिडाउने काम पुरा गर्न सफल भएका नेता र देशको मुल कानुन संविधान निर्माणकर्ता र समाजवादको यात्रातर्फ देशलाइ लैजाने काममा योगदान गरेका नेता आगामी चुनावमा विजयी संविधानलाइ संस्थागत गर्दे समृद्ध नेपाली-सुखी नेपाली निर्माण गर्नका लागी पनि यसपटक पौडेललाइ जिताउने देखिन्छ । यि सम्भावनाहरुका बाबजुद पनि आगामी निर्वाचनमा कसले बाजि मार्ला भन्ने कुरा नवलपुरे जनताको हातमा रहेको छ ।

अर्मान मियाँ , नवलपुर

Write your Comment