आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेकपा एमालेबाट नवलपुरमा संघ र प्रदेश तर्फका यि हुन् उम्मेदवार

    प्रकाशित २०७९ आश्विन २३, आईतबार (१ साल अघि)


नवलपुर। मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले नवलपुरका सबै क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । नवलपुरमा संघ तर्फ क्षेत्र नम्बर १ मा कृष्ण पौडेल र क्षेत्र नम्बर २ मा तिलक महत उम्मेदवार बन्नेछन् । यस्तै प्रदेश अन्तरगत १(क) मा रविन्द्र अधिकारी १(ख) मा रोशन बहादुर गाहा मगर उम्मेदवार बन्ने भएका छन् भने २ (क) मा पद्मा जिसी र २(ख) मा लक्ष्मण पाण्डेलाई उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेले यसअघिका विभिन्न निर्वाचनमा अवसर प्राप्त गरेका तीन जनालाई यसपटक दोहोर्‍याउने भएको छ भने तीन जना नयाँ अनुहारलाई अगाडी सारेको छ ।

नयाँ अनुहारमा देखा पर्ने उम्मेदवार प्रदेशतर्फका रविन्द्र अधिकारी, पद्मा जिसी र लक्ष्मण पाण्डे हुन् । संघतर्फका कृष्ण पौडेल संविधानसभा सदस्य तथा तिलक महत निवर्तमान प्रतिनिधीसभा सांसद हुनुहुन्छ । यस्तै, प्रदेश १(ख) मा उम्मेदवार बन्न टिकट ल्याउनुभएका गाहा प्रदेशतर्फकै निवर्तमान सांसद हुनुहुन्छ । उहाँ यसअघि संविधानसभा सदस्य, २०५४ र २०४९ को स्थानीय निर्वाचनमा एमालेबाट शिवमन्दिर गाविसको अध्यक्ष समेत भैसक्नुभएको छ ।

Write your Comment