आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

देवचुलीको कुमसोत जंगलमा अटो दुर्घटना हुँदा ८ जना घाइते

    प्रकाशित २०७९ आश्विन २२, शनिबार (१ साल अघि)


देवचुली । देवचुलीको कुमसोत जंगलमा अटो दुर्घटना हुँदा ८ जना घाइते भएका छ्न । कुमसोतबाट दलदले आउँदै गरेको ग.प.०४ ह ००१ ह ००११ नम्बरको अटो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । घाइतेहरुलाई देवचुली अस्पताल दलदलेबाट थप उपचारका लागि भरतपुर पठाइएको अस्थायी प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ।

दुर्घटनामा अटो चालक रुककुमार बाचे मगर सँगै मनिसरा थापा, श्रीकला गरम्जा मगर, रिनुमाया थापा, ईरा सारु, कुमार सारु सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

अटो अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Write your Comment