आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कावासोतीमा सम्पन्न

    प्रकाशित २०७९ आश्विन १२, बुधबार (१ साल अघि)


नवलपुर।बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कावासोतीमा सम्पन्न भएको छ । बुधबार कावासोती नगरपालिका वडा नं. ३ र ६ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कावासोतीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रमबाट सबै वडा स्तरीय बाल क्लबका पदाधिकारीहरुलाई तालिम प्रदान गर्ने नगरको कार्ययोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका सामाजिक परिचालक राधा बोटेले बताउनु भयो ।

कावासोती नगरपालिकाले चालु आर्थिक बर्षमा कम्तिमा २ वडालाई बालमैत्री घोषणा गर्ने गरि वडा लक्षित कामहरु समेत संचालन गरिराखेको छ ।

कार्यक्रममा कावासोती नगरपालिका ३ का वडास्तरिय बालक्लव संजालका अध्यक्ष कृष्ण श्रेष्ठ, प्रमुख अतिथिमा कावासोती नगरपालिका ३ का कार्यवाहक अध्यक्ष ऋषिराम बस्ताकोटी, न्यायिक समिति सदस्य बसन्ती कुँवर के.सि., वडा सदस्य रन बहादुर थापा, वडा सदस्य सावित्री रसाइली, जनविकास विद्याश्रम आधारभुत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद न्यौपाने, कावासोती ३ भित्रका टोल स्तरिय र वडास्तरिय बालक्लवको पदाधिकारीहरु र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै वडा नम्बर ६ मा संचालित कार्यक्रममा कावासोती नगरपालिका ६ का वडास्तरिय बालक्लव संजालका अध्यक्ष मनिष न्यौपाने, प्रमुख अतिथि कावासोती नगरपालिका ६ का वडा अध्यक्ष यमबहादुर थापा, वडा सदस्य सबिता सुनार, विष्णुनगर युवा क्लबका अध्यक्ष पवन भुर्तेल, गण्डकी प्रदेश किशोर समुहका सदस्य रामप्रसाद भुसाल, कावासोती ६ भित्रका टोल स्तरिय बालक्लव , विद्यालय बालक्लव, वडास्तरिय बालक्लवका पदाधिकारीहरु र बालबालिकाहरुका साथै कावासोतिका साथी शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवि बोटेले नयाँ जनप्रतिनिधिहरु र वडास्तरिय बालक्लबका पदाधिकारीहरुलाई कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा र कार्यक्रमको उदेश्यबारे जानकारी दिँदै कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रममा अभियन्ताहरु आशा वि. क., सबनम सुनार, राम भुसाल र पवन भुर्तेलले सहजीकरण गर्नु भएको थियो । उहाँहरुले बाल अधिकार, बालमैत्री स्थानीय शासन, बाल क्लबको महत्व र वडालाई बालमैत्री निर्माणमा बाल क्लबको भूमिकाको बारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको उदघाटन समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष यम बहादुर थापाले वडालाई हरेक हिसाबले नमुना गराउनको लागि सबै पक्षको समुचित विकासमा ध्यान दिने र यसको लागि बालबालिकाहरुले रचनात्मक साथ र सहयोगको लागि अनुरोध समेत गर्नु भयो । वडाले बालबालिका र किशोरकिशोरी लक्षित समस्याहरु समाधानको लागि पहल गर्न सुरु गरेको, यसको सुरुवात स्वरुप खुल्ला रुपमा धूम्रपान र मद्यपान बिक्री र सेवन रोक्नको लागि वडाबाट गरिएको नीतिगत व्यवस्थाको बारेमा समेत जानकारी दिनुभयो ।

उपस्थित अन्य जनप्रतिनिधि र सरोकारवालाले बालबालिकाले अधिकार माग्ने र कर्तव्य भुलेको सन्दर्भ निकाल्दै सबैले अधिकार र कर्तव्य दुवै पुरा गर्नको लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा जनप्रतिनिधि र बालबालिकाहरु सहित १०० भन्दा बढीको सहभागिता रहेको थियो ।

Write your Comment