आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोगार्थ अखिल साँझ संचालन हुने

    प्रकाशित २०७९ आश्विन १२, बुधबार (१ साल अघि)


देवचुली। गरीब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्ति सहयोगार्थ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवचुली नगरकमिटीले अखिल साँझ – २०७९ आयोजना गर्ने भएको छ। बुधबार दलदलेमा भएको पत्रकार सम्मेलनमार्फत अखिल देवचुली नगर कमिटीले सो कुरा जानकारी गराएको हो।

देवचुली नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १०० जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्य सहित असोज १४ गते साँझ ४ बजेदेखि राती ९ बजेसम्म जनज्योति नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा अखिल साँझ संचालन हुने बताइएको छ। कार्यक्रममा राष्ट्रिय कलाकारहरु रचना रिमाल, कोमल ओली, देवेन्द्र बब्लु , प्रजापति पराजुली र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछ। कार्यक्रमका लागि एमालेका नेताकार्यकर्ता, समाजसेवी, व्यवसायीहरुबाट करीब ५ लाख रुपैयाँ सहयोग संकलन गरी त्यसमध्येबाट २ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने र करीब ३ लाख रुपैयाँले अखिल साँझ संचालनको लागि व्यवस्थापकीय खर्च हुने देखिएको अनेरास्ववियुका केन्द्रिय कमिटी सचिवालय सदस्य एवं एमाले नवलपुरका सदस्य सागर न्यौपानेले बताउनुभयो।

अखिल साँझ – २०७९ को ५००० जनाले अवलोकन गर्ने अनेरास्ववियुका नेता सौगात भुसालले दाबी गर्नुभयो। उक्त कार्यक्रमको पुर्वसन्ध्यामा बिहीवार बिहान ७ बजे दलदले चोकदेखि कार्यक्रमस्थलसम्म सरसफाइ कार्यक्रम आयोजना गरिएको अनेरास्ववियुका नेता प्रकाश काफ्लेले जानकारी दिनुभयो। अखिल साँझ अवलोकनका लागि प्रवेश नि:शुल्क हुने आयोजकले जनाएको छ।

Write your Comment