आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

किशोरावस्था नै महिला बलियो बन्ने आधार हो : नवलपुरका सरोकारवालाहरु

    प्रकाशित २०७९ आश्विन ११, मंगलबार (१ साल अघि)

देवचुली । किशोर अवस्थामा नै व्यक्तिगत विकास र अवसर सृजना गर्न वातावरण निर्माण गरियो भने समग्र देश र महिला बलियो बन्ने आधार निर्माण हुनेछ ।कावासोतीमा मंगलबार किशोर अवस्थाका अनुभव आदानप्रदान र अन्तरक्रियामा सहभागी वक्ता र किशोरीहरुले सो बताएका हुन् ।


किशोरीका सवालमा सहजीकरण गर्ने साथी शिक्षकहरुको बैठकमा किशोरी अवस्था पार गरेका तीन जना सामाजिक क्षेत्रमा नेतृत्व गर्ने महिलाहरुले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । कावासोती र देवचुलीका गरी ६० जना सहभागी कार्यक्रममा लुम्बिनी प्लसकी सामाजिक कार्यकर्ता एवं अधिकारकर्मी “द निर्मला”, अधिवक्ता राधा सिग्देल र नवलपुर जेसीज वर्ष २०२२ अध्यक्ष राधिका भुसालले किशोरी अवस्थाका आफ्ना अनुभव प्रस्तुत गर्नुभएको हो ।

उहाँहरुले आफ्नो समयमा अवसरहरु र पहुँचमा समस्या रहेको साथै समाज र घर बाट नै अवसर सृजनामा रोक्ने भएकोले सोचे जतिको विकास र अगाडि जान नसकिएको तर अहिले सो समस्या नरहेकोले आफ्नो लागि राम्रो र सकारात्मक काममा लाग्नको लागि वक्ताहरुले किशोरीहरुलाई सफल हुने उपायको बारेमा बताए ।


पछिल्लो समय छोरी–किशोरीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुदै भएको देखिए पनि अझै अन्धविश्वास र सामाजिक परम्पराका अवशेषका कारण कुनै–कुनै जाति सम्प्रदायमा किशोरी अधिकार प्रभावकारी बन्न नसकेकोे चुनौतीका रुपमा देखिएको किशोरी अभियान्ता एवं साथी शिक्षकले अनुभव प्रस्तुत गर्ने क्रममा बताएका थिए ।

जागृति बाल तथा युवा सरोकार नेपाल र कान्नालनको सहयोगमा कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत हिकोडेफको सभाहलमा कार्यक्रम भएको हो ।

Write your Comment