आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024 Search
FLASH NEWS

डेंगु नियन्त्रणका लागि देवचुलीको केउरानीमा सरसफाई

    प्रकाशित २०७९ आश्विन १०, सोमबार (१ साल अघि)


देवचुली । डेंगु राेग नियन्त्रणका लागि देवचुली नगरपालिका भित्र रहेका टाेल विकास संस्थाहरुले सक्रियता देखाएका छन् । पछिल्लाे समय लामखुट्टेकाे टाेकाईबाट डेंगु राेग देवचुलीमा पनि देखिन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा निजी स्तरबाट सक्रियता देखाएका हुन् ।


यसै बिच देवचुली नगरपालिका वडा नं एक केउरानीमा रहेका टाेल विकास संस्थाहरुले घटस्थापनाकाे दिन पारेर सोमबार टाेल सरसफाई तथा डेंगु राेग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा देवचुली नगरपालिका वडा नं. १ का अध्यक्ष कृष्णबहादुर के.सी. , वडा सदस्यहरुद्वय विजय माझी , अजय थनेत , टाेल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधि ,टाेलबासीहरु सहभागिता रहेकाे थियाे ।

Write your Comment