आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नारायणगढ-बुटवल सडक विस्तारको ठेक्का रद्द गर्ने सरकारको चेतावनी

    प्रकाशित २०७९ आश्विन १०, सोमबार (१ साल अघि)


नवलपुर । नारायणघाट बुटवल सडक निर्माणमा चरम लापरबाही गरेको भन्दै सरकारले चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनलाई ठेक्का तोडने चेतावनी दिएको छ ।सडक विभागले आईतबार एक सूचना गर्दै आगामी कार्तिक ५ गते भित्र कार्यशैली नसुधारेमा ठेक्का ‘रद्ध’ गर्ने चेतावनी चेतावनी दिएको हो ।

ठेकेदार कम्पनीले आयोजना र परामर्शदाताको निर्देशन पालना नगरेको, क्षतिग्रस्त भएर हिडनै नहुने अवस्था आउदा पनि सडक मर्मत नगरेको र ठेकदारको लापरवाहीले सवारी र सर्वसाधारणले यात्रा गर्दा असहजता, प्रदूषण र स्वास्थ्य समबन्धी समस्या भोग्नुपर्ने अवस्था आएको र यसका कारण दुर्घटना बढ्ने अवस्था आएको, वातावरणलाई दुष्प्रभाव परेको, स्थानीय समुदाय, सडक प्रयोगकर्ता र स्थानीय तहहरुले सास्ती भोग्नु परेको भन्दै कार्यशैली नसुधारिए ठेक्कानै रद्द गर्ने सडक विभागको सूचनामा भनिएको छ ।

विभागले एक वर्षदेखि ठेकदार कम्पनीको कामको नजिकबाट सुरपरीवेक्षण गरिएको भन्दै सारभूत रुपमा आयोजनामा काम नै नभएको बताएको छ । तोकिएको लक्ष्यअनुसार ठेकदारले काम नगरेको भन्दै दुबै प्याकेजका आयोजनाहरुले ठेकदारबाट काम गर्ने तयारी समेत भएको नेदेखिएको ठहर गरेका छन् ।

सुरुमा विद्युतका पोल सार्ने, रूख काट्नुपर्ने र कोरोना महामारी लगायतका कारणले काममा ढिलासुस्ती भएको थियो । तर, त्यसपछि पनि ठेकेदारले काम गर्ने जाँगर नदेखाएको सडक विभागका अधिकारीहरु बताउँछन् ।

नारायणगढ-बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज-१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज-२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम हुँदैछ ।एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।

गैंडाकोट-दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । तर, करिब ४ वर्षसम्म आयोजनाले सडक भत्काएर अलपत्र पार्ने काम मात्रै गरेको छ ।

खरिद सम्झौताअनुसार चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २२ साउन २०७९ सम्म आयोजनाको सबै काम सक्नुपर्ने थियो ।

Write your Comment