आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024 Search
FLASH NEWS

उद्वार गरीएका बालकहरुको अभिभावकहरुमा पुर्नमिलन

    प्रकाशित २०७९ आश्विन १, शनिबार (१ साल अघि)


विरगञ्ज। विगत २४ बर्षदेखि बालकहरुको क्षेत्रमा काम गर्दै आईरहेको साथसाथ “बालबालिका सँगसँगै” को पहलमा विगत चार महिना देखि बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिम मा रहेका १० जना नेपाली बालकहरुलाई भारतिय सामाजिक संस्था,भारतीय प्रहरी , बाल कल्याण समिती मुम्बई को समन्वनमा बालकहरुको उद्वार गरीएको थियो ।

उद्दार गरि ल्याईको बालकहरुलाइ राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी ,जिल्ला प्रहरी कार्यालय पर्सा , साथसाथ र अन्य संस्था लगायत सरोकारवाला निकायहरुको समन्वयनमा २०७९ भाद्र ३१ गते शुक्रबार परिवारमा पुर्नमिलन गराईएको थियो ।

पछिल्लो समय नेपालबाट विभिन्न बाहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखनमा पर्ने नभईकन बालकहरु पनि उच्च जोखिममा रहेको यस घटना बाट पुष्टि हुन्छ ।
स्बदेश फिर्ति गरी पुर्नमिलन गराएका १० जना बालहरु रौतहट, सुनसरी र मोरङ्ग जिल्लाका छन् । उद्वार गरी ल्याइएका बालकहरु ११ देखि १७ वर्ष उमेर समुहका रहेका छन् ।

बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बाल अधिकार परिषदका देवि प्रसाद डोटेलले बालबालिकाहरुको विषेश हेरचाह गर्ने जिम्मेवार परिवारको रहेको जानकारी गराउनुभयोे । अहिलेको यो बदलिदो परिस्थितिमा मानव बेचबिखनमा महिला तथा बालिका मात्र नभई बालकहरु पनि उच्च जोखिम रहेको यो घटनाले पुष्टि गरेको साथसाथकि रिर्सोस एक्जुकेटिभ कविता शाहले बताउनु भयो । सो कार्यक्रममा मधेश प्रदेश राष्ट्रिय बाल अधिकार परिषदका संयोजक संजिव महतोले, आफ्नो बालबालिकाप्रति अभिभावकहरुनै चनाखो हुनु पर्नेमा जोड दिदै बालकहरुको अवस्थाहरुको फलोअप हुने बताउनुभयो ।


कार्यक्रममा विरगञ्ज महानगरपालिकाकी बाल कल्याण अधिकारी सावित्रि भण्डारी, महिला बालबालिका सेवा केन्द्र पर्साकी प्रहरी सहायक निरीक्षक नयनकला टमाटा , अधिवक्ता तथा अभियान्ता दिलिप कोइराला, अभियन्ता रसना ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment