आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

देवचुलीमा व्यवसाय दर्ता तथा नवीकरण शिविर : एकै दिन ८ लाख ७० हजार राजस्व संकलन

    प्रकाशित २०७९ भाद्र २३, बिहिबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालन भएको व्यवसाय दर्ता तथा नवीकरण शिविरमा एकै दिन ८ लाख ७० हजार राजस्व संकलन गरिएको छ। देवचुली नगरपालिकामा एक साता अघिबाट सुरु भएको व्यवसाय दर्ता तथा नवीकरण शिविरमा व्यावसाय दर्ता गर्नेको संख्या वृद्धि हुँदा राजस्व बढेको हो ।


देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाद्वारा बुधबार र बिहीबार देवचुली वडा नम्बर १३ दलदले बजारमा शिविर संचालन गरिएको हो ।बुधबार भएको शिविरमा १८ वटा नयाँ दर्ता तथा ४४ वटा नवीकरण गरि ४ लाख ४६ हजार ५ सय राजस्व संकलन गरिएको थियो भने आज बिहीबार ३७ वटा नयाँ दर्ता तथा ५० वटा भन्दा बढि नवीकरण गरि ८ लाख ७० हजार राजश्व संकलन भएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताए ।


देवचुली नगरपालिकाका सुचना अधिकारी कृष्णहरि सापकोटाका अनुसार देवचुली नगरपालिकाले शिविर नगरका विभिन्न स्थानमा संचालन गरिरहेको छ । देवचुली नगरपालिकाले १६ गते बिहीबार फारममा,१७ गते शुक्रबार रजहर बजारमा १८ गते शनिबार सिजी गेटमा, १९ गते आइतबार मुण्डेमा, २० गते सोमबार धारापानीचोकमा, २१ गते मंगलबार प्रगतिनगरबजारमा, २२ र २३ गते ( बुधबार/बिहीबार) दलदले बजारमा व्यवसाय दर्ता तथा नवीकरण शिविर गरिएको सुचना अधिकारी सापकोटाले बताए ।शिविरबाट करिब २९ लाख २५ हजार रकम राजस्व संकलन गरिएको समेत उनले बताए । २४ गते शुक्रबार केउरानी बजारमा शिविर संचालन गरिने नगरपालिकाले जनाएको छ ।

Write your Comment