आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

नवलपुर १ मा प्रतिनिधी सभा र प्रदेश सभाका लागि एमालेबाट ३१ जना आकांक्षी

    प्रकाशित २०७९ भाद्र १९, आईतबार (१ साल अघि)


देवचुली । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ ।

शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभा का लागि ३१ जनाले उम्मेदवार बन्न नाम दर्ता गराएका हुन ।

नवलपुर संघीय क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ कृष्ण पौडेल, रविन्द्रअधिकारी र नारायण प्रसाद तिमिल्सीना यसै गरि समानुपातिक तर्फ दिपक अधिकारी, सुनिता खातुन र रेखा पौडेल ले आवेदन गरेका हुन ।

त्यस्तै प्रदेश सभा १ काे क तर्फ षडानन्द लामिछाने , यमुनाथ आचार्य, गोपेन्द्र केसरी न्याैपाने, पदमलाल पौडेल र शिवहरि अधिकरी र समानुपातिकमा टंक माकिम, देउकला बराल , यदुनाथ सिग्देल, हरि बहादुर बिक बराली, इन्द्रबहादुर कुमाल र क्षेत्र नं १ काे प्रदेश सभा ख मा प्रत्यक्ष तर्फ होमनाथ जैसी, टङ्कनाथ गिरी, रोशन बहादुर गाहा, रामप्रसाद मरासिनि, मुक्तिराम पाण्डे र कल्पना भण्डारीले उम्मेदवार बन्न नाम टिपाएको एमालेले जनाएको छ त्यस्तै समानुपातिकमा राजेश सुनाम, सिता कुमारी न्याैपाने खड्का, गोमा कुमारी नेपाली, नेत्र नारायण थनेत, टंकमणी शर्मा, लाल बहादुर नेपाली, सीता पंगेनी, कृष्ण बहादुर सार्की र युवराज वाग्लेले नाम टिपाएको एमाले नवलपुरले जनाएको छ ।

एमालेले आगामी भदौ २० गते जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवारको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने जनाएको छ

Write your Comment