आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

कावासोतीको गैँडा तालमा डुबेर एक युवतीको मृत्यु

    प्रकाशित २०७९ भाद्र १६, बिहिबार (१ साल अघि)


नवलपुर। नवलपुरको कावासोती नगरपालिका-८ अवस्थित गैंडा तालमा डुबेर एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा कावासोती नगरपालिका– ८ शान्ति टोल बस्ने राजु घिमिरेको पत्नी २० वर्षीया शिला घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिला गएराति साँझ १० बजेको समयमा घरबाट निस्केर हिडेको परिवारले जानकारी गराएको प्रहरीले जनाएको छ । घरपरिवार र स्थानीयले खोजतलास गर्दा आज बिहान ११ बजे तालमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।

उनले किन आत्महत्या गरिन् भन्ने बारेमा केहि खुलेको छैन । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल मध्यबिन्दुमा ल्याइएको छ ।

Write your Comment