आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

महेन्द्र राजमार्गको देवचुलीखण्ड कालोपत्रे हुँदै

    प्रकाशित २०७९ भाद्र १३, सोमबार (१ साल अघि)

राजु चापागाई, देवचुली। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत देवचुली खण्डमा बिग्रिएको सडक मर्मत गरिने भएको छ । सोमबार देवचुली नगरपालिकाका प्रमुख हरि न्यौपानेको पहलमा नारायणगढ – बुटवल सडक निर्माण आयोजनाका प्रतिनिधिहरुबीच भएको छलफलबाट यथाशीघ्र सडक मर्मत गरि आवागमन सहज गर्ने निर्णय भएको हो ।

गत साउन १७ गते नगरपालिकाको पहलमा निर्माण कम्पनीलाई सडक मर्मत गर्न लगाईएको र सो समयमा बाटो मर्मत गरिएको तर अव्यवस्थित तरिकाले काम गरेकाले नगरप्रमुख न्यौपानेले तुरुन्त व्यवस्थित मर्मतका लागि निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

नारायणगढ – बुटवल सडकखण्डमा पानी पर्नासाथ हिलो र घाम लाग्नासाथ धुलो उड्नुका साथै सानादेखि ठुला खाडलहरु दुर्घटनाको कारण बनेकाले नगरपालिकाले आयोजना निर्माण कम्पनीसँग छलफल गरि तुरुन्त सडक मर्मत गर्न लगाएको नगर प्रमुख न्यौपानेले बताए । सडकखण्डको स्तरोन्नतिको क्रममा बिग्रिएका सडकका कारण दैनिक सवारी दुर्घटना बढिरहेको, यात्रुहरुलाई सास्ती भैरहेकोले खाल्डाहरु पुरी कालोपत्रे गरि व्यवस्थित बनाउन निर्माण कम्पनीका प्रतिनिधिसँग मौखिक सहमति गरिएको नगर प्रमुख न्यौपानेले बताए । सडक मर्मतको काम स्थानीय निर्माण कम्पनीलाई दिईने र सोको अनुगमन नगरपालिकाले गर्ने सहमति भएको हो ।

स्थानीय निर्माण कम्पनीसँग सम्झौता गरि मर्मतको काम गरिने र देवचुली नगरपालिकाको लोकाहाहुँदै नगर क्षेत्रमा मर्मत कार्यको सुरुवात गरि जिल्लाभरि नै मर्मत गरिने चाईना स्टेट कम्पनीका सम्झौता प्रबन्धक राकेश झाले बताए । बाटो निर्माणका लागि आवश्यक पर्ने माटोको लागि नगरपालिकालाई सहजीकरण गर्नका लागि अनुरोध गरिएको पनि झाले बताए ।

देवचुली नगरपालिकाको तर्फबाट नगरप्रमुख हरिप्रसाद न्यौपाने र चाईना स्टेट कम्पनीका कार्यवाहक सम्झौता प्रबन्धक जियाङ ची, सम्झौता प्रबन्धक राकेश झा र उपशाखा खरिद प्रबन्धक सुन बीच छलफल गरिएको हो ।

Write your Comment