आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा सम्पन्न

    प्रकाशित २०७९ भाद्र ११, शनिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्य शाखाको वार्षिक समिक्षा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७,२०७७/०७८ र २०७८/०७९ मा स्वास्थ्य संस्थाहरुले गरेका कार्य तथा सेवा प्रवाहको बारेमा तीन वर्षीय समिक्षा बिहीबार र शुक्रबार देवचुली नगरपालिकाको सभाहलमा गरिएको हो ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगर उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यतामा रहेको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशव प्रसाद चापागाई, नगर प्रवक्ता तिल प्रसाद काफ्लेले आवश्यक सुझाव तथा मार्गदर्शन समेत दिएका थिए।

देवचुली नगरपालिकामा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट काम गरिरहेको र कोभिड व्यवस्थापनमा देवचुली नगरपालिका गण्डकी प्रदेशकै दोस्रो हुन सफल गराउनका लागि स्वास्थ्य संस्थाहरुले महत्त्वपूर्ण भुमिका खेलेको देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले बताइन् ।

समिक्षा कार्यक्रममा १६ वटै स्वास्थ्य संस्थाबाट प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। स्वागत मन्तव्य सहित पालिकाको प्रस्तुतिकरण स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन देवचुली नगरपालिका सि.अ.हे.व.अधिकृत शिव पराजुलीले गरेका थिए ।

Write your Comment