आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल राहत शिक्षक देवचुलीको अध्यक्षमा भुसाल चयन

    प्रकाशित २०७९ भाद्र ४, शनिबार (१ साल अघि)


देवचुली । नेपाल राहत शिक्षक देवचुलीको अध्यक्षमा डिलाराम भुसाल सर्वसम्मत चयन भएका छन् । नेपाल राहत शिक्षक देवचुलीको दोस्रो नगर अधिवेशनबाट भुसालको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो।

जसको उपाध्यक्षमा यज्ञप्रसाद पाण्डे सचिवमा पदम खतिवडा कोषाध्यक्षमा विष्णु पौडेल सदस्यमा लक्ष्मीदेवी पौडेल ,यज्ञमुर्ति रिजाल र तुलसी भट्टराई रहेका छन् ।

नेपाल राहत शिक्षक देवचुलीको अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको दोस्रो अधिवेशनमा नेपाल राहत शिक्षक नवलपुरको अध्यक्ष टीकादेवी पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रिय प्रतिनिधि सितादेवी पौडेललगायत नगरमा भएका राहत शिक्षकको सहभागिता रहेको थियो ।

नेपाल राहत शिक्षक देवचुलीका अनुसार देवचुली नगरपालिकामा ५२ जना राहत शिक्षकहरू कार्यरत रहेका छन् । नेपाल राहत शिक्षकले राहत शिक्षकको पेशागत हकहितका लागि काम गर्दै आईरहेको छ।

Write your Comment