आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

बौदीकालीको मचेडीमा आधारभूत स्वास्थ्य इकाई स्थापनाका विषयमा छलफल

    प्रकाशित २०७९ भाद्र २, बिहिबार (१ साल अघि)


बौदीकाली । बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बौदिकाली गाउँपालिका वडा नम्बर १ मचेडीमा आधारभुत स्वास्थ्य इकाई स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ ।

बुधबार स्थलगत अनुगमन गर्दै अध्यक्ष ओझाले मचेडिमा स्थानिय सरोकारवालाहरू सँग छलफल गर्नुभयो । मचेडिमा आवश्यक जग्गाको व्यवस्था भएको हुँदा अब छिट्टै उक्त कार्य सञ्चालन गर्ने प्रतिवद्धता गर्नुभयो ।सामान्य रोग लाग्दा पनि छिमेकी वडा तथा छिमेकी पालिकामा जानुपर्ने वाध्यतालाई हटाउदै तत्काल अस्थायी संरचनाबाट भएपनि स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा उहाँले जोड दिनुभयो । अबको केही दिनभित्र आवश्यक स्वास्थ्यकर्मी सहितको टोलिले मचेडिबाट सेवा दिने र आफ्नै भवन बनेपश्चात आफ्नै भवनबाट सेवा दिइने जानकारी गराउनुभयो ।

भविष्यमा कालिगण्डकी करिडोरमा सवारी चाप बढ्ने हुँदा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य ईकाइबाट तत्काल सेवा सुरू गर्ने कुरामा उहाँले प्रतिबद्धता गर्नुका साथै दुर्घटनाबाट हुने अप्रिय घटनामा प्राथमिक उपचार गरि माथिल्लो अस्पतालमा पठाउनको लागि पनि स्वास्थ्य ईकाइ आवश्यक रहेको भन्दै उहाँले यो स्वास्थ्य इकाइलाई आवश्यकताअनुसार स्तरउन्नती गर्दै जाने बताउनुभयो ।

स्वास्थ्य इकाई भवन सबैको पायक पर्ने स्थानमा हुनुपर्ने बताउँदै उहाँले माग्लिङटारका जनतालाई इकाइमा पहुँच गराउन नयाँ बाटो बनाउन पालिकाले आवश्यक सम्पुर्ण कुराको व्यवस्था गर्ने बताउनुभयो । स्वास्थ्य इकाई भवन बनाउन आवश्यक जग्गा निशुल्क उपलब्ध गराइदिनु हुने जग्गादाता पिताम्बर कण्डेल र सागर घिमिरेलाई धन्यवाद दिदै अध्यक्ष ओझाले उहाँहरूको यो सहयोगको लागि बौदीकाली गाउँपालिका सधै आभारी रहने बताउनुभयो ।
सामान्य रोगको उपचार गर्नुका साथै रोगलाई गम्भीर हुनुपुर्व नै पुर्वसचेतना दिनका लागि पनि स्वास्थ्य इकाइ आवश्यक रहेको बताउदै बौदिकाली १ का वडाअध्यक्ष अनिल थापाले स्वास्थ्य इकाइ छिटोभन्दा छिटो सम्पन्न गर्न वडा र पालिकाले आवश्यकता सम्पुर्ण तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिनुभयो ।

छलफलमा बौदिकाली गाउँपालीका गाउँसभा सदस्यद्वय रविन्द्रराज कण्डेल,डिल बहादुर बस्याल समाजसेवी डोलराज कण्डेल,खिमचन्द्र भण्डारी, रामप्रसाद कण्डेल,चोलाकान्त कण्डेल, बाबुराम भण्डारी, आनन्दप्रसाद खनाल,नारायण प्रसाद ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

Write your Comment