आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीको आयोजनामा सरसफाई कार्यक्रम

    प्रकाशित २०७९ श्रावण ३१, मंगलबार (१ साल अघि)


नवलपुर । लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीद्वारा श्रावण महिनाको अन्तिम सोमबार पारेर श्री त्रिपुरेश्वर हरिहर मन्दिर,गैंडाकोट-१७, अमरापुरीमा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थितिको बीचमा बृहत सरसफाई गरेको हो ।

क्लबले सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रमसहित फलफुल,चिया तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरेको क्लबका सचिव प्रेम क्षेत्रीले जानकारी दिनुभयो। सरसफाइ कार्यक्रममा लायन्स क्लबका सदस्यहरुले दिनभरी फोहरमैला सङ्कलन तथा मन्दिर सरसफाई कार्यक्रम र प्रसाद वितरणमा सहयोग गरेर मन्दिर व्यवस्थापन समितिलाई सहजीकरण गरेका थिए।
क्लबले प्रत्येक महिना रक्तदान तथा वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको साथै पहिलो कार्यक्रम सरसफाइबाट सुरुवात गरिएको क्लबका अध्यक्ष गोपाल बहादुर शाहीले बताउनुभयो।

फलफूल तथा प्रसाद वितरण कार्यक्रम क्लबका खाद्य प्रमुख केदार पौडेल र सरसफाई कार्यक्रम लायन्स क्लवका वातावरण प्रमुख नारायण प्रसाद पौडेलको संयोजनमा सम्पन्न भएको थियो। सोमबार सम्पन्न कार्यक्रममा अन्दाजी ५०० जना भक्तजनहरुलाई फलफूल वितरण गर्नुको साथै लगभग २०० किलो फोहर सङ्कलन गरिएको थियो ।

Write your Comment