आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुली १३ को वडा कार्यालय परिसरमा वृक्षरोपण

    प्रकाशित २०७९ श्रावण २८, शनिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा-१३ को कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली वडा नं १३ र डिभिजन वन कार्यालयको सहयोगमा वडा कार्यालयको परिसरमा वृक्षरोपण गरिएको हो । क्लबद्वारा देवचुलीका सबै वडाहरुमा विभिन्न कार्यक्रम गर्ने योजना अनुसार देवचुली १३ मा वृक्षरोपण गरिएको लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका अध्यक्ष टि. एम. पौडेलले बताए।

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीले आफ्नो वडा कार्यालयको पर्यावरण हरियाली बनाउनका लागि विभिन्न जातका बिरुवाहरु रोप्नका लागि स्थान चयन गरेकोमा देवचुली १३ का अध्यक्ष एकदेव पौडेलले धन्यवाद व्यक्त गरेका थिए । ´वडा कार्यालय परिसरमा रोपिएका बिरुवाहरुको वडाले संरक्षण गर्छ` पौडेलले भने । आगामी दिनका कार्यक्रमहरुमा पनि क्लबसँग सहकार्य गर्ने अध्यक्ष पौडेलले बताए ।

लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका अध्यक्ष टि. एम. पौडेलको अध्यक्षता भएको वृक्षरोपण कार्यक्रममा देवचुली १३ का अध्यक्ष एकदेव पौडेलको प्रमुख आथित्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा लायन होमनाथ जैसी, जोन चियर पर्सन शरदमणि खरेल ,पूर्व वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्री, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य प्रसाद दवाडीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण सुनिल न्यौपानेले गरेका थिए ।

Write your Comment